
पाेखरा । कला र संस्कृतिकाे जर्गेना गर्ने उद्देश्यले हेमजामा १० दिने मादल बजाउने तालिम मंगलवारदेखि हुरु भएकाे छ ।
महिला सञ्जाल हेमजाकाे आयाेजना र पाेखरा २५ हेमजाकाे आर्थिक सहयाेगमा सञ्चालित तालिममा समाजसेवी तथा संगितप्रशिक्षक सम्वरबहादुर गायकले १० दिनसम्म मादल बजाउन सिकाउने छन् ।
११ वर्षकाे उमेरदेखि मादल बजाउन थालेका प्रशिक्षक गायकसम्म बाद्यबादनकाे साधनमा मादल र सारङ्गीकाे ४५ वर्षकाे अनुभव छ ।
तालिममा पाेखरा २५ का ४२ वटा आमा समूहका १०० जना बढि महिलाहरु सहभागि छन् ।
कार्यक्रमका प्रमुख अतिथि पाेखरा २५ का अध्यक्ष तथा पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिम्सिनाले वाजागाजामध्ये शिर्ष बाजा मादल भएकाे बताउँदै वडाकाे कला र संस्कृतिकाे जर्गेना गर्न मादल बजाउने तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस सिकाइले भविष्यमा नयाँ पुस्तालाई समेत मादलकाे महत्वबारे बुझाउन सकिने बताए ।
उनले संख्यात्मक सहभागिता भन्दा उत्सुकताले सिक्ने सकिने बताउँदै तालिम अवधिभर भरपुर समय दिई मादल बजाउन दख्खल भएर निस्कन सहभागी सबैमा अनुराेध गरे ।
वडाध्यक्ष तिमिल्सिनाले महिलाका कार्यक्रम लागि महिला सञ्जालसँग वडा कार्यालय समन्वयकाे लागि सधैं तयार रहेकाे बताए ।
पाेखरा २५ हेमजाका वडा सदस्य तथा पाेखरा महानगरपालिकाका कार्यपालिका सदस्य धनाकुमारी तिम्सिनाले सबैकाे आवश्यकतालाई मध्यनजर गर्दै मादल बजाउने तालिम राखेकाे बताईन् । उनले हेमजावासी महिलाहरुकाे सिक्ने उर्जाकाे सह्राना गरिन् ।
उनले तालिममा सहभागी सबैलाई महत्व र उत्साहका साथ मादल बजाउन सिक्न अनुराेध गर्दै आगामी दिनमा पनि वडावासीकाे सिक्ने उत्साह, जाँगर र आँटलाई सधैं सम्वाेधन गर्ने बताईन् ।
उनले महिला दिदिबहिनीलाई प्रभावकारी हुने तालिम ल्याृन आफूहरु सदैव तयार रहेकाे बताईन् ।
नेकपा एमाले पाेखरा २५ का अध्यक्ष ऋषिराम पाैडेलले मादल बजाउने तालिमले कला र संस्कृतिकाे जर्गेना गर्ने सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।
टाेल विकास समितिका संयाेजक दानबहादुर भुजेलले मानिसलाई संगितप्रति आकर्षित गर्ने पहिलाे वाद्य वादनकाे साधन मादल भएकाे बताउँदै तालिमकाे समय भरपुर उपयाेग गर्न सुझाए ।
महिला सञ्जालका पूर्व अध्यक्ष रमा त्रिपाठीले मादल बजाउने तालिम रमाईलाेमा मात्र सिमित नगरी महिलाहरुलाई सीप सिक्न अनुराेध गरिन् ।
तालिममा सहभागी समाजसेवी वुद्वदेवी कुँवरले ‘सरकारकाे धन हाम्राे मन’काे सदुपयाेग गरि तालिम लिन आग्रह गरिन् ।
महिला सञ्जाल हेमजा अध्यक्ष अप्सरा तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सञ्जालका उपाध्यक्ष रिता पाैडेल त्रिपाठीले कार्यक्रकाे स्वागत र सञ्चालन सचिव शाेभा त्रिपाठीले गरेका थिए ।