मातातिर्थ औंसीमा  सहारा आधारभुत विद्यालयलाई स्मार्ट टि.भी हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा-१७ विरौटा निवासी समाजसेवी सुवेदारनी धनकुमारी गुरुङले सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टि.भि हस्तान्तरण गरेकी छन् ।

पोखरा-९, बसपार्कमा अवस्थित सहारा आ विलाई समाजसेवी गुरुङले मातातिर्थ औंसीको अवसरमा बुधवार ४२ इन्चको स्मार्ट टि.भी हस्तान्तरण गरेकी हुन् ।

विपन्न तथा अव्यवस्थित वस्तिका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकाहरुलाई प्रविधिमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताईन् । दाता गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् ।

पोखरा-९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको शैक्षिक एवम् भौतिक अवस्थाको बारेमा चासो व्यक्त गर्दै दाता गुरुङ परिवारलाई धन्यवाद व्यक्त गरे ।

साथै सो विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा खुशी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने बताए ।

 कार्यक्रममा वडा सदस्य नन्दराम गिरि, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णू सुवेदीको समेत उपस्थिति रहेको थियाे ।

 विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेकाे कार्यक्रमकाे स्वागत विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले गरेकी थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्