सिड्नीमा माछा मार्न जाँदा दुई नेपाली विद्यार्थीको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं  सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका स्थानीय प्रहरीले जनाएको छ।

सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए। तर लाइफ ज्याकेट र सुरक्षित कवचबिना नै सामान्य पहिरनमा माछा मार्न गएका उनीहरूलाई पानीको छालको बहाबले समुद्रमा तानेपछि उनीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। बाल र निशले ज्यान गुमाएका हुन्।

हेलिकप्टर र स्थानीय मरिन र पारमेडिक्सको टोली उनीहरूलाई उद्धार गर्न खटिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्