पोर्चुगलमा २५ सय नेपाली कानुनी संकटमा, देश छाड्न निर्देशन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोर्चुगल । पोर्चुगलमा बसोबास गरिरहेका करिब २५ सय नेपाली गम्भीर कानुनी समस्यामा परेका छन्। ‘फेक पुलिस रिपोर्ट’ सम्बन्धी विवादपछि त्यहाँको प्रशासनले धेरै नेपालीहरूको रेसिडेन्सी प्रक्रिया रोक्दै देश छाड्न निर्देशन दिएको हो।

प्राप्त जानकारी अनुसार, नेपाली प्रहरी प्रतिवेदन प्रमाणीकरणका कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा पोर्चुगल सरकारले कडाइ गरेको छ। यसका कारण वैध प्रक्रिया पूरा गर्न खोजिरहेका नेपालीहरू पनि समस्यामा परेका छन्।

त्यहाँ रहेका नेपालीहरूले पटक–पटक पोर्चुगलस्थित नेपाली दूतावास मा पुगेर समस्या समाधानको माग गरे पनि ठोस पहल हुन नसकेको गुनासो गरेका छन्। साथै, दूतावासले नेपाल सरकार वा परराष्ट्र मन्त्रालय लाई स्पष्ट जानकारी नदिएको आरोप समेत उनीहरूले लगाएका छन्।

‘फेक पुलिस रिपोर्ट’ प्रकरणमा नेपालभित्रकै केही बिचौलिया तथा सम्भावित उच्चस्तरीय संलग्नताको आशंका समेत उठेको छ। यसले निर्दोष नेपालीहरूलाई अन्यायपूर्ण रूपमा कानुनी झमेलामा पारिएको भन्दै पीडितहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्