
पोखरा ।
पोखराको रामघाटमा रहेको मेट्रोपोलिटन एकेडेमीले माघ १५ गते बिबिध कार्यक्रम गरि सहिद दिवस मनाएको छ।
कार्यक्रममा विद्यार्थीहरुले सहिदको हुन्, सहिद दिवसको महत्त्व र सार्थकता,सहिदको सपना , ४ सहिदको जीवनी साथै कवि भुपी शेरचनको ‘सहिदको सम्झनामा’ कविता वाचन गरेका थिए।
विद्यालयका प्राचार्य गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय संस्थापक अनिता तिमिल्सिना, बिद्यालय निरिक्षक इन्द्रराज बराल, सम्पूर्ण शिक्षक ,कर्मचारी विद्यार्थीले, सहिदको तस्बिरमा माल्यार्पण र पुस्पाञजली अर्पण गर्नुको साथै १ मिनेट मौन धारण गरि भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रम सञ्चालन कक्षा ९ कि छात्रा कृतिका तिमिल्सिना, सहिद दिवसको महत्त्व र सान्दर्भिकता सोफिया गुरुङ कक्षा ९, सहिदको जीवनी संजल पौडेल, सनिज बस्यौला,अश्विन पौडेल र बिजय पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्राचार्य सुवेदीले विद्यार्थीलाई आफ्नो मेहनत साथ अध्ययन गर्ने कर्तब्य पूरा गर्न आग्रह गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको कर्तव्यमा कहिल्यै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
साथै उनले भविष्यमा संसारको जुनसुकै क्षेत्रमा काम गरेपनि सहिदको वलिदानिको अवमूल्यन नगरिकन इमानदार र नैतिकवान वनेर देशको सेवा गर्न आग्रह गरे ।
पोखराको रामघाटमा अवस्थित विद्यालयले विद्यार्थीको सर्वाङ्गीग विकासका लागि गुणस्तरीय शिक्षाको साथै विभिन्न विद्यार्थी केन्द्रीत क्रियाकलाप गर्दै आईरहेको छ।