
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ को पावर हाउसमा रहेको वी एम जी माध्यामिक विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारीलाई सन्मान गरिएको छ ।
विद्यालयको शनिवार सम्पन्न ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यालयमा विगत १० वर्ष देखि २० वर्ष सम्म सेवा गरेका १३ जना शिक्षक तथा कर्मचारीलाई दिर्घ सेवा पदकवाट सन्मान गरिएको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोडका अध्यक्ष महाश्रम शर्माले शिक्षालाई ज्ञान र सिपसँग जोडेर विद्यार्थीलाई स्वदेशमै रहने वातावरण सृजना गर्न सक्नु पर्नेमा जोड दिदै हाम्रो चाहाना विद्यार्थीले कक्षा १२ पास गरेपछि स्वदेशमा नै केही गरुन भन्ने हो तर यो परिस्थिती कसरी आयो त्यसका वारेमा गम्भिर भएर सोच्नु पर्छ उनको भनाई थियो ।
सोही अवसरमा उच्च शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुङले विद्यार्थीमा देखिएको अन्तराष्ट्रिय स्तरको पढाई प्रतिको आकर्षण र समयको माघले सिकाएको वाध्यात्मक अवस्थाले गर्दा पछिल्लो समय शिक्षा क्षेत्रमा केही कमी कमजोरी आए पनि यसलाई सुधार गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।
कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव सुर्यप्रसाद गौतमले समय सुहाउदो शिक्षा निती ल्याउनु पर्नेमा जोड दिएका थिए भने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले वर्तमान परिक्षा प्रणाली नै गलत रहेकाले यसलाई परिमार्जन गर्नु पर्ने सुझाव राखेका थिए ।
यसैगरि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,प्याब्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा,मणिपाल अस्पतालका प्रा.डा. इमामुयल सेलभाम,सम्पुर्ण अभिभावकहरुको तर्फबाट प्रा.डा. आनन्द ढुगाना र विद्यार्थीहरुको तर्फबाट लिजा सुर्खाली लगाएतले अहिलेको आवस्यकता प्रविधिमा आधारीत सिप मुलक शिक्षा रहेको धारणा राखेका थिए ।
विविध सास्कृती कार्यक्रम सहित गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य युवराज गुरुङले वार्षीक कार्यक्रम र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने सह प्राचार्य धननाथ सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।