
पोखरा । कास्कीको पोखरा महनगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफनो ३७ औं वार्षिकोत्सव मनाएको छ ।
दुई दिनसम्म चलेको वार्षिकोत्सव कार्यक्रम अन्तरगत शनिवार भएको मुल समारोहको उद्घाटन गर्दै सस्कृत विद जगमान गुरुङले भाषा र सस्कृतीको संरक्षण नै शिक्षाको विकास भएकाले शिक्षकले विद्यार्थीलाई दक्षता हस्तान्त्रण गर्दै जाने प्रचलन नै शिक्षा भएको धारणा राखेका थिए ।
भाषा र सस्कृतीको संरक्षणले मात्र राष्ट्रियता कायम हुने तर्क राख्दै सस्कृत विद गुरुङले पश्चिमेली सभ्यताको भाषा सिक्नु अन्तराष्ट्रिय परिस्थीती भए पनि हाम्रो मौलीक भाषा र सस्कृतीको संरक्षणमा विद्यालयहरुले नै गहन भुमिका निभाउनु पर्छ उनको सुझाव थियो ।
विद्यालयको नयाँ भवनको समुद्घाटन सहित नव निर्मीत सरस्वती मातासँग नेत्र मिलन गरि सुरु भएको कार्यक्रममा पि एच डी गर्न सफल चार जना भुपु विद्यार्थी,पाँच जना शिक्षक कर्मचारीलाई दिर्घ सेवा पदक,जग्गादाता र भवन निर्माणमा सहयोग पु¥याउनु भएका ईन्जिनीयर र ठेकेदारलाई सन्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षा विकास तथा समोन्वय ईकाइ समिति कास्कीका प्रमुख लोकनाथ आचार्य,हिसान कास्कीका अध्यक्ष दिवाकर जौसी र सम्मानीतहरुको तर्फबाट डा.राममणि अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।
विविध सस्कृतीक कार्यक्रम सहित सुरु भएको कार्यक्रममा विद्यालयका प्राचार्य यम रोक्काले विद्यालयको प्रगती विवरण र भावी योजनाका वारेमा जानकारी गराएका थिए भने विद्यालयका निर्देशक माधवशरण उपाध्यायले धन्यवाद ज्ञापन,विद्यार्थी पुर्णीमा लामिछानेले स्वागत र शिक्षक तारानाथ पराजुलीले कार्यक्रम संचालन गरेका थिए ।