एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नजिकदै गरेको एसईई परीक्षलाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई परीक्षा सम्बन्धि अभिमूखिकरण दिइएको हो ।

अभिमूखिकरण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र विषयगत शिक्षक गरी १ हजार १ सयको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा अभिमूखिकरण गरिएको थियो। विद्यार्थीसँगै विषयगत शिक्षकलाई पनि अभिमूखिकरण कार्यक्रममा सहभागिता गराइएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

‘नजिकदै गरेको एसईई परीक्षमा विद्यार्थीले उत्कृष्ट नितिजा ल्याउने उद्देश्यका साथ एन प्याव्सनले अभिमूखिकरण कार्यक्रम आयोजना गरेको हो’ अध्यक्ष अधिकारीले भने, ‘ संस्था र विद्यालयको साथ विद्यार्थीको सोच र मेहनले उत्कृष्ट रिजेल्ट आउनेमा हामी विश्वस्त छौ ।’

अभिमूखिकरण कार्यक्रममा भक्तराज रासाईलीले विद्यार्थीलाई उत्प्रेरण जगाउने प्रशिक्षण दिएका थिए ।

त्यसैगरी विषयगतमा अंग्रेजी तर्फ विक्रम सुवेदी, डिल्लीराम भट्टराई, अनिता अधिकारी नेपाली तर्फ सञ्जीव पौडेल, शिवलाल उपाध्याय, कृतिका सुवेदी, गणित तर्फ भूमिराज अधिकारी, युवराज कण्डेल, बलराम पौडेल, विज्ञान तर्फ तिर्थराज ढकाल, सञ्जीव त्रिपाठी, सिपि लामिछाने, समाजिक तर्फ पितृराज अधिकारी, विष्णुकुमार दर्जी, विचित्र न्यौपानेले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रम फलदायी हुने बताए ।

‘विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनका लागि संस्था र विद्यालयले गरेको कार्यक्रम सवैले सिको गर्न जरुरी छ’ प्रमुख आचर्यले भने,‘ नजिकदै गरेका एसीईई परीक्षमा ढुक्क भएर परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह गर्दछु ।’

पोखरा महानरगर पालिका शिक्षा माहाशाखा प्रमुख हेमप्रसाद आचार्यले नजिकदै गरेको एसीईईलाई लक्षित गदै विद्यार्थीले आफ्ना कमिमजोरीलाईलाई सुधार्दै गएमा नतिजा राम्रो निकाल्न सकिने बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल सचिव प्रेमराज अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्