७ वर्षिया भूमिलक्ष्मीको पुस्तक विमोचन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सात वर्षिय भूमिलक्ष्मी पराजुलीले लेखेको पुस्तक विमोचन भएको छ । पोखरामा बिहीबारदेखि सुरू भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा उनले लेखको ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पुस्तक विमोचन गरिएको हो ।

कक्षा २ मा अध्ययनरत भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेखेकी छिन् । तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने सुनाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्