लेखक: दुर्गा दत्त भुसाल (स्याङ्जा/भिरकोटे)
कर्णाली नदी नेपालको पश्चिम भागमा अति उचाइका क्षेत्रहरू बाट बग्ने नदी हो। यसको उत्पत्ति हुम्ला र तिब्बतस्थित मैपछा खड हिमालबाट भएको मानिन्छ यो नदी नेपालमा बग्ने प्रमुख लामो र ठूलो नदी हो। यो नदी नेपालको क्षेत्र हुँदै पहाडी र तराई भूभागमा पार गरेर भारततर्फ गङ्गा नदीमा बिलिन हुन्छ।
यो नदी नेपालको सबैभन्दा लामो र स्वच्छ भेगको गतिमा बग्ने भएको हुँदा महिनाकोट खोला, हुम्ला कर्णाली, मुगु कर्णाली,सानी भेरी वा ठुली भेरी,तिला नदी, बुढी गंगा, सेती नदी र बाबई नदी गरी सातवटा नदिबाट कर्णाली नदी बनेको छ।अपि ,सैपाल र व्यास हिमालबाट उत्पत्ति भई आएको नेपालभित्रको लम्बाई करिब ५०७ किलोमिटर भएको सेती नदी डोटी जिल्लामा आई कर्णाली नदीमा मिसिन्छ। यो नदीका मुख्य जिल्ला हुम्ला, मुगु, कालिकोट,जुम्ला, दैलेख,आछाम सुर्खेत र बर्दिया जिल्लाबाट भारतको उत्तर प्रदेशको शिमाना प्रवेश गरी गंगा नदीमा बिलिन हुन्छ।
उत्पत्ति र भौगोलिक
कर्णाली नदी नेपालको प्रमुख नदीमध्ये सबैभन्दा लामो नदी १९०० मिटर उचाई ८६२३ फिट र करिब प्रवाह क्षेत्र ५०७ र २०२ किलोमिटर लम्बाई तिब्बतको सिमाना क्षेत्र, तिब्बत पठारमा पर्ने (मानोसरोवर ताल) नजिक रहेको कर्णाली लद्दाख तिब्बत स्थित मैपच्छा (खुबा हिमाल) हिमालबाट उत्प पति भई भोटबाट मुगु कर्णाली र तिब्बत आएको हुम्ला कर्णाली मलवा भन्ने ठाउँमा मिलन भएपछि कर्णाली नदी उत्पत्ति भएको हो। यो नदी नेपालको हिम क्षेत्र हुँदै पहाडका खोच छिचल्दै तराई भूभागमा नदीलाई सात नदी र दुई अन्य साना खोलाहरू लाई साथ दिँदै पार गरेर भारततर्फ गंगा नदीमा मिसिएको यस नदीलाई पञ्चेश्वर वा कर्णाली नदी भनिएको हो। कर्णाली प्रदेशको नाम यसै नदीको आधारमा राखिएको हो।
धार्मिक दृष्टिकोण
कर्णाली नदी ऐतिहासिक हिन्दू र बौद्ध धर्म धर्मलम्बीहरूको लागि महत्त्वपूर्ण मानी धार्मिक नदी वा पवित्र नदी मानिन्छ।
हिन्दू धर्म
महाभारत कालीन ग्रन्थहरूमा कर्णाली क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमि भनिएकाले यस नदीलाई पवित्र मानी स्नान गर्नाले पापमोचन हुने जनविश्वास छ, यस क्षेत्र अन्तर्गत कैलाश मानव सरोवर जाने बाटो यसै नदीको किनारै किनार कहिले दायाँ कहिले बायाँ गर्दै जाने भएकोले यसलाई धार्मिक यात्राको लागि महत्वपूर्ण मानिन्छ, जसले गर्दा धार्मिक विश्वास बढ्दै गएको भन्न सकिन्छ।
बौद्ध धर्म
प्राचीन कालमा गुरु पद्यम सम्भव (जो तिब्बतमा धर्म फैलाउने प्रमुख व्यक्तित्व)यस क्षेत्रमा आएका हुनाले बौद्ध परम्पराअनुसार पवित्र स्थलको रूपमा मान्ने चलन छ। विशेष गरेर हिमाली क्षेत्र अन्तर्गत रहेका बौद्ध अनुयायीहरूले यस नदीलाई तृष्ष्णा-क्षप इच्छा मेट्ने शक्तिको रुपमा सम्मान गर्दछन्।
बाल त्रिपुरा सुन्दरी मन्दिर
डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकास्थित बाल त्रिपुरा सुन्दरी मन्दिर नेपालको महत्वपूर्ण हिन्दू धर्मावलम्बीहरूको तीर्थस्थल मध्ये एक हो। यस मन्दिर धार्मिक तथा सांस्कृतिक आस्थाको स्थान हो। यस मन्दिर मुख्य रूपमा महाकाली त्रिपुरा सुन्दरीको पूजा स्थलको रुपमा चिनिन्छ,जसले गर्दा हजारौं श्रद्धालु भक्तजनहरु लाई आकर्षण गर्दछ। धार्मिक भनाइ अनुसार यहाँबाट उडेर पुतलीको रूप देवीहरू नेपालका विभिन्न स्थानमा गई प्रसिद्ध भएका छन् ।
यहाँ वर्षभरि विभिन्न हिन्दुहरूका चाडपर्व जनै पूर्णिमा,कृष्ण अष्टमी, बडा दशैं, बालाचतुर्दशी आदिमा आदिमा विशेष पूजा अनुष्ठानहरू आयोजित गरिन्छ। त्यहाँ प्राकृतिक सुन्दरताले मन्दिरको महिमा रहेको जहाँ हिमालको दृश्य र प्रकृतिको जैविक विविधताले गर्दा शान्त वातावरणले यहाँका भक्तजनहरुलाई ध्यान र साधनामा मद्दत पुर्याउँदछ।
महाबु शिव मन्दिर
कालिकोट जिल्ला र दैलेख जिल्लाको सिमानमा पर्ने महाबुधाम जहाँ महापु शिव मन्दिर महालेखको पाटनमा अवस्थित धार्मिक महत्त्वपूर्ण स्थल हो। यस स्थान समुद्र सतहदेखि करिब ४२०० मिटर उचाइमा रहेको छ। यहाँ ढुङ्गाबाट उत्पन्न भएको मूर्तिलाई ब्राह्मण कुलका एक जना बोल्न नआउने/लाटो गोठालाले भेट्टाई नित्य पूजा गर्दै दूध चढाएपछि बोल्न सक्ने भएका थिए भन्ने किम्मदन्ती पाइन्छ।
यहाँ प्रत्येक वर्षको जनै पूर्णिमाको दिनमा भव्य मेला लाग्दछ। जसमा धेरै जिल्लाका र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्। भक्तजनहरूले शिवलिङ्गको पूजा गर्दै आफ्नो मनोइच्छा अनुसार त्रिशुल चढाउने परम्परा चलि आइरहेको छ। यस पाटनबाट कालिकाकोट दैलेख जुम्ला तथा जाजरकोटका गाउँ बस्तीहरू देख्न सकिन्छ। यस ठाउँमा चारैतिर अग्ला लेकहरू र बीचमा फैलिएको सुन्दर पाटन रहेको हुँदा, सफा मौसममा नेपालगञ्जसम्मका झिलिमिली बिजुली बत्तीहरू देख्न सकिन्छ।
धार्मिक तथा पर्यटकीय हिसाबले यस क्षेत्र राज्यबाट सम्बर्धन को लागि सोच बन्यो भने धार्मिक ऐतिहासिक तथा जैविक विविधताको अझ महत्वपूर्ण रहने छ।
त्रिवेणी पाटन
त्रिवेणी पाटन कालिकोट जिल्लाको समुद्र सतहबाट करिब ४२१९ मिटर उचाइमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम दृश्य धार्मिक महत्व र जैविक विविधताले भरिपूर्ण हरियाली घाँस मैदान, लेकाली वनस्पति र हिमाली श्रृङ्खला सुन्दर दृश्य क्षेत्रमा त्रिवेणी पाटन रहेको छ। यहाँ १४० देखि १५० सम्म भन्दा बढी जातका फूलहरू सयौं प्रकारका जडीबुटी र ७५ भन्दा बढी प्रजातिका पंक्षीहरू पाइन्छ। यहाँ हिम चितुवा,मृग ,कस्तुरी, हिमाली भालु, वन कुकुर, हिमालयन यार लगायतका दुर्लभ वन्यजन्तु हरु देख्न पाइन्छ। यहाँ गङ्गा र यमुनाको संगमस्थल भएकाले स्नान गर्दा पाप र रोगहरू पखालिन्छन्भ भन्ने जनविश्वास रहँदै आएको छ। यहाँबाट बाजुरा जिल्लामा पर्ने प्रसिद्ध बढी मालिका मन्दिर का मन्दिरको यात्राको लागि यस ठाउँलाई आधार क्षेत्र मानिन्छ। यहाँ हरेक वर्षको जनै पूर्णिमाको समयमा भव्य मेला लाग्दछ। जसमा नेपालका धेरै जिल्लाहरू र भारतबाट हजारौं संख्यामा भक्तजनहरु सहभागी हुन्छन् ।
यस क्षेत्रस्थित होटल धर्मशाला र यातायातको राम्रो सुविधा हुन सके विदेश पलायनबाट रोक्न सके यही क्षेत्रमा युवा युवतीहरुलाई रोजगार बन्ने थियो,जसले गर्दा देश समृद्धि तिर लम्कने थियो। यसको संरक्षण र सम्बर्धन गर्ने नगर्ने राज्यको दायित्व पर्खि बसौं हेरौं तर नभए आफ्नो समाज र आफैबाट भएपनि सुरु गरौं।
छायाँनाथ धाम
छायाँनाथ धाम मुगु जिल्ला अवस्थित धार्मिक तथा सांस्कृतिक स्थल हो। जहाँ धार्मिक हिन्दूहरू र बौद्ध धर्मपालमीहरू ले पवित्र स्थल मानी भगवान शिवको उपासना गर्ने परम्परा छ। यहाँ रारा तालको नजिक रुकुम क्षेत्रसँग सम्बन्धित स्थानीय तामाङ, शेर्पा र अन्य समुदायहरुले विशेष चाडपर्व र मेला लाग्दछ। यस सुन्दर र हिमाली भूभाग रहेकाले सुन्दर हिमशृङ्खला ताल वन पैदावार आदि दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ धार्मिक आस्थाले मात्र नभई पर्यटकीय दृष्टिले आकर्षण स्थल भएकोले यसलाई संरक्षण र सम्बर्धन गर्न आवश्यक छ।
पञ्चकोशी ज्वाला क्षेत्र
नेपालको दैलेख जिल्ला दुल्लु नगरपालिकास्थित पादुका स्थान नगिस्थान, कौटिला स्थान, श्री स्थान र धुलेश्वर यी स्थलहरुलाई शक्तिपीठ मानिन्छ। यहाँ सतीदेवीको विभिन्न अङ्गहरू पतन भएको विश्वासको कारण ज्वालामुखी क्षेत्र वा ज्वाला तीर्थ भनिन्छ। हिन्दू धर्म अनुसार यस क्षेत्रलाई वैशासेश्वर भनिन्छ । यस क्षेत्र पुरातात्विक हिसाबले विक्रम सम्वत १४१४ मा पृथ्वी मल्लले बनाएको सात हात लामो कृति स्तम्भ पादुका स्थानमा रहेको अशोक चल्लाको स्तम्भ र बाटोभरि गाडिएका वीर खम्माहरूमा भएका अभिलेख पाउँदा नेपाली भाषा र पश्चिम नेपालको इतिहास अध्ययन गर्न पाइन्छ ।
यहाँ प्राकृतिक सौन्दर्य संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण रहेको हुँदा आन्तरिक तथा बाहय पर्यटनक आई श्राद्ध पूजा होम,जप, तप, र दान जस्ता अनुष्ठान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास छ ।
काँक्रे बिहार
सुर्खेत जिल्ला अवस्थित १२ औँ शताब्दी लिच्छवीकालीन समयतिर निर्माण भएको बुद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू र अभिलेख पाइने हुनाले काक्रे बिहार भएको तथ्य पुरातात्विक खोजले पुष्टि गर्दछ कि, यहाँ बुद्ध बिहार भएको हो। यो काँक्रे बिहार इटाले बनेका संरचनाहरू फेला पर्नुले बौद्धमठ (बिहार) रहेको संकेतले बुद्ध धर्मका अनुयायीहरूको लागि पवित्र मानिन्छ। यो ऐतिहासिक तथा धार्मिक सम्पदाले गर्दा पर्यटकहरूका लागि प्रमुख गन्तव्य बन्दै गएको छ। अझ यसको पुरातात्विक र धर्मको रूपमा संरक्षण तथा प्रवर्धन गर्न आवश्यक छ।
पर्यटकीय स्थल
कर्णाली नदी नेपालको लामो नदी भएकाले पर्यटकीय स्थलको भौतिक संरचनाको लागि यातायातको व्यवस्था मिलाउन सके मुगु जिल्लाको उच्चतहमा रहेको रारा ताल डोल्पा समुद्र सतहदेखि देखि करिब ३६११.५ मिटर उचाइमा रहेको फोक्सुन्डो ताल, कोल्टी बाजुरा, खप्पड राष्ट्रिय निकुञ्ज, कर्णाली पुल, चिसापानी ट्रेकिङ र गाउँ पर्यटन सुर्खेत बुलबुले ताल (जसलाई देउती बजैको मन्दिर)गुरुमाकोट जलयात्रा रिभर कुञ्ज माछा मार्ने गन्तव्य, आध्यात्मिक र ध्यान पर्यटन र कर्णाली चिसापानी दुर्लभ डलर्फिन आदिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न सके रोजगार नपाई विदेश पलायन हुन खोजेका युवा युवतीहरूलाई रोक्न सक्ने योजना बनाएर देश समृद्धि हुनेछ।
निष्कर्ष
कर्णाली नदी नेपालको ठूलो र लामो नदी विभिन्न हिमाल र उच्च पहाडी क्षेत्रबाट जलको उत्पत्ति भई कठोर रूप दायाँबायाँ गर्दै बगेको स्वच्छ पवित्र नदी हो। हिन्दू धार्मिक मान्यता अनुसार धेरै ऋषिमुनिहरू ध्यान जप,तप, यज्ञ यज्ञादी गरी बसेको क्षेत्र भएकोले धार्मिक सांस्कृतिक र आध्यात्मिक रुपमा गहिरो अर्थ राख्दछ। कर्णाली नदी आसपासमा मानव बस्तीको इतिहास करिब ३,००० वर्ष पुरानो छ, जसले गर्दा आजको नेपाली र लेख्य भाषा राज्यको कानुन नियम नीतिमा उर्दित गरिएको छ।
माथि उल्लेखित धार्मिक हिन्दू र बौद्धको पारस्पारिक सम्बन्ध गाँसिएका मठमन्दिर पवित्र नदी र सम्भावना बोकेका पर्यटकीय स्थलहरू र नदीलाई सही प्रयोग गरी जलविद्युत योजना पुरा गर्न सके जैविक तथा पेट्रोलियम स्रोतबाट स्वच्छ उर्जामा रूपान्तरमा ल्याउन सके पर्यावरणीय अवस्थामा सुधार हुने थियो ।
कर्णाली नदी उत्पत्ति र धार्मिक पर्यटकीय तथा यसका साथसाथै भाषिक धार्मिक हिन्दू बौद्ध परस्पर सम्बन्ध सांस्कृतिक र आध्यात्मिक रूपमा गहिरो सम्बन्धको साथै यहाँ रहेका विविधताको एकतालाई कायम राख्दै, यसको संरक्षण र सम्बर्धन गर्न सकेमा यसको महत्व रहिरहन्छ।









