काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त आकारको बजेट घोषणा गरेका हुन् ।
बजेटअनुसार चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।
त्यस्तै आगामी आर्थिक वर्षका लागि १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । बजेटका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने उल्लेख गरिएको छ ।
यसैगरी आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ जुटाइने सरकारको योजना रहेको छ ।








