कक्षा १२ को परीक्षा तोकिएको मितिमै, शिक्षक आन्दोलनले परीक्षा रोकिँदैन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । शिक्षकहरूको आन्दोलनले उत्पन्न अनिश्चितताका बीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने पक्का गरेको छ। बोर्डको मंगलबार बसेको बैठकले आगामी ११ वैशाखदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षकको आन्दोलनले परीक्षा रोकिने कुनै सम्भावना नरहेको बताए। सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएर भए पनि परीक्षा गराउँछ, शर्माले भने।

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिलाई तयारी गर्न भनेको छ। ती समितिको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्नेछन् र परीक्षा सफलतापूर्वक सम्पन्न गराउने जिम्मा उनीहरूलाई दिइएको छ।

यसपटकको परीक्षा वैशाख ११ गते सुरु भएर २४ गतेसम्म चल्नेछ। शिक्षक आन्दोलनका कारण विद्यार्थी र अभिभावक अन्योलमा परेका थिए, तर बोर्डको यो निर्णयले सबैको चिन्ता कम भएको छ।“जसरी भए पनि परीक्षा तोकिएको समयमा नै सकिन्छ,” शर्माले स्पष्ट पारे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्