रेवान पोखराद्वारा ठूलाखेतमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ५० जना लाभान्वित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

रेवान पोखराले हरेक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर यसपटक पोखरा–२३ ठूयलाखेतस्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा सम्पन्न भएको छ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा आइतबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा ७ सय ५० जनाले स्वास्थ्य लाभ गराएका छन् ।

शिविरमा प्रसुती तथा स्त्री रोगि, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक, कान, घाँटी, प्रयोगशाला, ई.सि.जी., भिडियो एक्स–रे लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

शिविर सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर २३ कार्यालय, सिद्ध बराह उमावि, क्लिनिक नेपाल, रेनाभा हस्पिटल लेकसाइड, युनाइटेड रेफेरेन्स ल्याब्रोटोरी (युआरएल) तथा भरतपुर महानगरपालिका २७, मेघौलीबाट सहयोग प्राप्त भएको कार्यक्रम संयोजक समेत रहेका रेवान पोखरामा सचिव भिष्मराज पौडेलले जानकारी दिए । सो अवसरमा सहयोगी संस्थाहरुलाई सम्मान–पत्रद्वारा सम्मान गरियो ।

आफ्नैं वडामा आयोजित स्वास्थ्य शिविरमा वडावासीहरुको व्यापक सहभागिताका वडाले वरपरका सबै क्षेत्र समेटिने गरि समिति, उपसमिति गठन गरेर प्रचार प्रसारनै गरि कार्यक्रममा जनसहभागिता गराएको वडाध्यक्ष रामकाजी गुरुङ्गले बताए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरुमा पनि सबै पक्षबार सकारात्मक सहयोग प्राप्त भएमा कार्यक्रमलाई निरन्तरता प्रदान गरिने जनाए ।

रेवान महासचिव बिरेन्द्र शेरचनले सञ्चालन गरेकाे कार्यक्रममा रेवानका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई लगायतले पोखरा–२३ तथा २४ वडाहरु पर्यटकिय, धार्मिक एवं पर्यावरणिय दृष्टिकोणले पनि महत्वपूर्ण भएको बताउँदै ति स्थानहरुमा पर्यटन विकासका लागि रेवानले हातेमालो गर्ने बताएका थिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्