कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । नयाँ प्रतिभाको खोजी, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको कास्की आइडल सिजन–२ को सेमिफाइनल राउन्ड सम्पन्न भएको छ। सेमिफाइनलबाट गायन र नृत्यतर्फ १०–१० जना गरी २० जना प्रतियोगी ग्रान्ड फिनालेका लागि छनोट भएका छन्।

गायनतर्फ रहमान खान, सुमन भण्डारी, अमृत गुरुङ, राजन सार्की, प्रताप रानाभाट, बुद्धि तामाङ, मन्सा गुरुङ, दिप्सन बगदास, प्रमेश गुरुङ र इडिभा खत्री फाइनलमा पुगेका छन्।

त्यस्तै, नृत्यतर्फ तृप्ति गुरुङ, स्मृति सुवेदी, विपसा सुनार, सहारा रानाभाट, प्रशंसा सापकोटा, जेनिशा परियार, गौमाया गुरुङ, नोरा गुरुङ, सुमिना कुमाल र सिम्रन थापा छनोट भएका छन्।

इभेन्ट म्यानेजर अनिल ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा साथी पानीका सञ्चालक तथा प्रतियोगिताको विनर प्राइज स्पोन्सर विजय सुनार प्रमुख अतिथि र युवा व्यवसायी सन्दीप ढुंगाना विशिष्ट अतिथि थिए।

कार्यक्रममा विभिन्न संघसंस्था तथा सामाजिक समूहका प्रतिनिधिको उपस्थिति थियो। अतिथिहरूले कास्की आइडलले स्थानीयस्तरमा लुकेका प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिँदै अघि बढ्न महत्वपूर्ण मञ्च प्रदान गरेको बताए।

सेमिफाइनलमा गायनतर्फ खेम लामा र सुजित सेवात तथा नृत्यतर्फ प्रकाश श्रेष्ठ र उपेन्द्र गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
कार्यक्रमको सञ्चालन साँझ क्रिएसन्सकी सदस्य सुस्मिता बास्तोला र साँझ क्रिएसन्सका अध्यक्ष झलककुमार गुरुङले गरेका थिए।

कास्की आइडल–२ को ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते सभागृह हलमा आयोजना हुनेछ। फिनालेमा गायन र नृत्यतर्फ छनोट भएका २० जना प्रतियोगीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्