स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाइ कतारकाे अध्यक्षमा लिल राेका

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

कतार । स्याङ्जा सहयोग समाज भिरकोट नगर इकाइ कतारकाे लिलबहादुर रोका निर्वाचित भएका छन्। संस्थाकाे हालै स्मपन्न चाैंथाे अधिवेशनले अध्यक्षसहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

अधिवेशनमा प्रकाश परियारको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति रहेकाे थियाे ।

कार्यक्रममा २ वर्षको अवधिमा संस्थाले गरेका कार्य प्रगति प्रतिवेदन महासचिव मनु अधिकारी र आर्थिक प्रतिवेदन सल्लाकार दिपक के. सीले प्रस्तुत गरेका थिए ।

विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाउँदै आएका कार्यक्रमका प्रमुख अतिथि प्रकाश परियारले समयसँगै कानुनहरु परिमार्जन भएपछि काम गर्न राहत मिलेको बताए । उनले भने:”जुन दु:ख पीडा हामीले भोगेर आयौ त्यस्तै दु:ख परदेशी भुमीमा कुनै नेपालीले नपाउन र केही दु:ख परे सम्पर्क गर्नु हुन पनि मेराे आग्रह छ ।”

विगत लामो समय देखि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको यस संस्थाले कोभिडको बेला पनि ठूलो सहयोग गरेको थियो ।

संस्थाले कतारमा रहेका स्याङ्जाबासी मात्रै नभएर तमाम नेपालीहरुलाई दुख पर्दा सहयोग पनि गर्दै आएको छ ।

भिरकोट नगर इकाइ समिति कतारका अध्यक्ष थमनारायण रेग्मीको अध्यतामा सम्पन्न उक्त कार्यक्रममा स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश परियार, भिरकोट नगर इकाइका संरक्षक दिवान सिंह सिंजाली मगर, स्याङ्जा सहयोग समाज कतारका संरक्षक भेषराज पराजुली, स्याङ्जा सहयोग समाज कतारका संरक्षक बुद्धि प्रसाद भण्डारी, स्याङ्जा सहयोग समाज कतारका सल्लाहकार शिवराम ढकाल, नेपाली महिला समाज कतारका सचिव एवम् भिरकोट नगर इकाइकि चेलि सन्ध्या अर्याल,स्याङ्जा सहयोग समाज कतारका सल्लाहकार एवम् भिरकोट इकाइका सल्लाहकार दिपक के.सी, स्याङ्जा सहयोग समाजका सल्लाहकार माधव लुइटेल, स्याङ्जा सहयोग समाजका महासचिव साथै भिरकोट नगर ईकाइका सल्लाहकार टेक गैह्रे, स्याङ्जा सहयोग समाज कतारकी महिला सचिव सपना परियार, स्याङ्जा सहयोग कतारका सह-कोषाध्यक्ष ठाकुर गौतम स्याङ्जा सहयोग समाजका कार्यसमिति सदस्य सोम प्रकाश मानन्धर, स्याङ्जा सहयोग समाजका संस्कृति विभागका संयोजक रोशन अर्याल, हरिनास गाउँपालिका इकाइका उपाध्यक्ष राजेस मानन्धर, वालिङ नगर इकाइका अध्यक्ष बिष्णु पङ्गेनी, अर्जुन चौपारी इकाइका अध्यक्ष नगेन्द्र रिमाल, खेलकुद संयोजक सागर सुनार, भिरकोट नगर इकाइका सल्लाहकार हिरामा श्रेष्ठ, भिरकोट नगर इकाईका सल्लाहकार भिष्म राज अर्याल, भिरकोट नगर इकाइका सल्लाहकार दिपक श्रेष्ठ, भिरकोट नगर इकाइका सल्लाहकार मो. हैदर, अलि, भरकोट नगर इकाइका सल्लाहकार ऋसि राम अर्याल, भिरकोट नगर इकाइका सल्लाहकार सुनिल थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा निर्मल थापा, जेनिसा श्रेष्ठ, संजय बानीयाँ लगायतका स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुतिमार्फत मनाेरञ्जन दिएका थिए ।

संस्थाका पूर्व महासचिव सन्जिव अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत लिल रोकाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्