टोरन्टोमा युवराज भण्डारीका दुई कृति विमोचन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । साहित्यकार युवराज भण्डारीका दुई कृति क्यानडामा विमोचन गरिएको छ । नेपाली साहित्य समाज क्यानडाले टोरन्टोमा आयोजना गरेको समारोहमा कविता संग्रह ‘अर्को कर्नाली’ र गजल संग्रह ‘भावनाको तस्वीर’को साहित्यकार हेम अधिकारी, नेपाली साहित्य सामाज अध्यक्ष खेम गुरागाईं र कोषाध्यक्ष पारू पाण्डेले संयुक्त रूपमा लोकार्पण गरे ।

कार्यक्रममा कविता संग्रह ‘अर्को कर्नाली’माथि समीक्षा गर्दै कवि रविन थपलियाले भने, ‘यो संग्रहमा जीवनको विविध पाटा अनि सामाजिक विषयवस्तु सारगर्भित र चित्ताकर्षक तवरले प्रस्तुत भएका छन् ।’

त्यसैगरी गजल संग्रह ‘भावनाको तस्वीर’माथि समालोचना गर्दै गजलकार रवीन्द्र लम्सालले भने, ‘भावनाको तस्वीर खिच्नु जटिल कार्य हो । तर गजलकार भण्डारी कलात्मक रूपले यो काममा सफल भएका छन् ।’

क्यानडामै बसोबास गर्दै आएका भण्डारी पेशाले इन्जिनियर हुन् । उनको पहिलो साहित्यिक कृति ‘नारीको आवाज’ (तीजगीत संग्रह २०४७) प्रकाशित भएको थियो । ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्