इक्यानको शैक्षिक बहसः शिक्षामा नीतिगत सुधार आवश्यक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

‌पोखरा । इक्यान कास्कीको शैक्षिक बहसका सहभागिहरुले नेपालको शिक्षा क्षेत्रमा नीतिगत सुधार आवश्यक भएको बताएका छन् ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Building the Nation) सम्वन्धी थिममा रहेर आयोजना गरेको ‘इडियु थ्री सिक्स्टी’ (EDU360) नामक वहसमुलक कार्यक्रमको पहिलो सेसनमा ‘वैदेशिक शिक्षाले विश्वमा पारिरहेको प्रभाव (Study Abroad Making an Impact Beyond Borders ) विषयमा प्यानालिष्टहरुले बढ्दो वैदेशिक अध्ययनको संस्कारलाई व्यवस्थित बनाउन र वैदेशिक अध्ययनपश्चात नेपाल फर्किने वातावरण बनाउन शिक्षामा नीतिगत सुधार आवश्यक भएको औंल्याएका हुन् ।

छलफलमा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारी, पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक भण्डारी, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईसँग समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने अनेक प्रश्न गरे ।

सेसनमा प्यानालिष्टहरु डिन. कपिल अधिकारी र रजिष्ट्रार दिपक भण्डारीले आफूहरुले विदेशमा अध्ययन गरेको अनुभवहरुलाई साझा गरेका थिए ।

उनीहरुले भने-‘संसारका उत्कृष्ट देशमा पुगेर सिकेको सीप, अनुभवले देश विकास अर्को कोसे ढुंगा थप्छ भन्ने छ ।’ उनीहरुले देशमा अवसर हुँदै गर्दा आफूहरु क्रियटिभ नलेजको लागि विदेशमा गएको सम्झिए ।

गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीले पछिल्लो समय वैदेशिक अध्ययनमा जानु संस्कृति जस्तै भएको बताए ।

 उनले नेपालमा एक लेवलमा एउटा विषय पढेको विद्यार्थीले अर्को लेवलमा अर्को विषय पढ्न नपाउनु नै अहिलेको मेजर समस्या रहेको उल्लेख गरे ।

 यसर्थ पनि जसले जेसुकै आदर्शका कुरा गरेपनि वास्तवमा नेपाली युवा जमात पढ्न जाने बहानाले सेटल हुन जाने मुख्य उद्देश्य रहेको उनले जिकीर गरे ।

नेपाली विश्वविद्यालयमा नेपाली विद्यार्थीको विकर्षण किन? भन्ने सहजकर्ताको प्रश्नमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक भण्डारीले जवसम्म विश्वविद्यालयमा शिक्षक र विद्यार्थी राजनीतिक पार्टीमा वा संगठनमा लाग्न बाध्य हुन्छन तवसम्म विश्वविद्यालयमा सोचे अनुरुपको शिक्षा नहुने भनाई राखे । उनले शिक्षा क्षेत्रमा राजनीति हुनु दुखत भएको बताए । डा.भण्डारीले नेपालको शिक्षामा नैतिक शिक्षाको कमी रहेको समेत उल्लेख गरे ।

उनले विदेशमा सेटल भएर बस्नेहरु स्वदेशमा जति खुसी हुन नसकेको स्मरण गराउँदै विदेशमा सिकेको सिप स्वदेशमा काम नलाग्ने साथै स्वदेशमा आउदा सो अनुसारको जागिर नपाउने हुनाले पनि विदेश गएकाहरु उतै सेटल हुने उनको भनाई छ । ‘मानिसले अवसर खोज्छ, अवसर पाएमा फर्कने चाहन्छन् ।’उनले भने-‘वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई अध्ययनपश्चात स्वदेश फर्काउनको लागि राज्यले फर्किने वातावरण बनाउनुपर्छ ।’

बाहिर हल्ला भएजस्तो विदेश जाने लडहले देश रित्तिएको कुरा पछिल्लो समयको डाटाले सत्य नभएको इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जिकिर गरे ।

 उनले पढ्न जाने विद्यार्थीको संख्या धेरै भएको बताए । उनले वैदेशिक अध्ययनमा गएकामध्ये ३० प्रतिशत फर्केको र ७० प्रतिशत जनसंख्या देशमा सोसियल सेक्युरिटी नभएकै कारण विदेशमा बसेको उल्लेख गरे । देशमा सोसल सेक्यरिटी भएमा अध्ययनमा गएका विद्यार्थीहरु पनि फर्कने उनको भनाई छ ।

कार्यक्रममा सुदीपराज ढुंगाना, देवराज शर्मा, दामोदर डुम्रे, इभिन्द्रराज तिवारी लगायतले नेपालको शैक्षिक पाठ्यक्रम, वैदेशिक अध्ययनपश्चात फर्केपछिका अवसर लगायतका विषयमा जिज्ञासा राखेका थिए ।                             

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्