क्युकोशिन कानको साधारण सभा सम्पन्न

  • ख-
  • ख+

पोखरा ।
कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघका कोषध्यक्ष सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई पदपुर्ती गरेको हो ।

कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको छ । संघको सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताए । उनले खेलकुदको क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हक हितको लागि काम गर्न आवस्यक रहेको बताए ।

राष्ट्रिय स्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको बताए । संघलाई शुभकामना दिदैँ सदस्य श्रेष्ठले नवौमा समेत उत्कृष्ट नतिजा हासिल गर्न खेलाडी तयार गर्न आग्रह गरे । सोहि क्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपालीले खेलकुद संस्थाहरुले कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजानिक हुने गरेको बताए ।

त्यसतै नेपाल क्युकोशिन कानका केन्द्रिय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडको कारण प्रशिक्षणमा समस्या परेपनि पोखरा लगायत केहि सहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाइृ प्रशिक्षण दिइरहेको बताए । कास्कीले अहिले सम्म देशभर उत्कृष्ट नतिजा ल्याउदैँ आएको बताए ।

कार्यक्रममा जनप्रतिनिधी राधिका साहि, संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेल बहादुर थापा लगायले आफ्नो भनाइ राखेका थिए । कोषध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्