पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

 

१ मंसिर, पोखरा ।

बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै पोखरा १३ स्थित साझा चोकमा जम्मा भैसकेका थिए ।

केहिवेरमा चुनावी सभामा कास्की क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेद्धार बेद बहादुर गुरुङ (श्याम) उपस्थित भए । त्यसपछि साझाका मतदाताहरुले फुलमाला लगाएदिए । ७५ वर्षीय सीरसुवा गुरुङले माला लगाइदै आशिर्वाद दिइन् र भनिन् – ‘यसपालीको मेरो भोट भत्ता दिने पार्टीलाई ।’ यी सबै हेरिरहेका अरु मतदाताहरु पनि भन्न थाले – ‘हाम्रो भोट श्यामलाई ।’

पुरानो गाउँ मादी बताउने हाल पोखरा १३ बस्ने ७५ वर्षीय सीरसुवा गुरुङले बेद बहादुर गुरुङ गाउँपालिकाको प्रमुख भएपछि त्यस क्षेत्रमा थुप्रै काम भएको बताइन् । ‘श्याम निकै इमान्दार मान्छे हुनुहुन्छ । उहाँले पहिला नि राम्रो काम गरेको हो । हाम्रो सुख दुखमा साथ दिएको हो । अहिले पनि उठ्नु भएको छ । उहाँलाई जिताएर पठाउछौँ’ उनले भनिन् । बेद बहादुरको व्यक्तित्व निकै राम्रो भएको र उनीसंग स्पष्ट भिजन रहेको कारण जिताउनु पर्ने कुरा स्थानिय राम बहादुर बरालले बताए । स्थानिय बोलबिक्रम सापकोटाले एमालेको सरकारले साझा र मादी जोड्ने बिजयपुरको पक्की पुल बनाएपछि धेरै सजिलो भएको र भोट सुर्यमा नै हाल्ने बताए ।

स्वफूर्त जम्मा भएको भिड देखेपछि श्यामले शिर निहुराउदै सम्मान प्रकट गरे र भने, ‘तपाईहरुको उपस्थितिले एमालेको जीत सुनिश्चित भैसक्यो । अब जे गर्छ एमालेले गर्छ । देशले अब काँचुली फेर्छ।’ चुनावी सभामा बोल्दै बेद बहादुरले देशको बिकासको लागि एउटै मात्र बिकल्प एमाले रहेको बताए । एमाले जनताको पार्टी भएकोले भोट दिनु नपर्ने कुनै पनि कारण नभएकोले सबैलाई मतदान गर्न आग्रह गरे ।

उनले गठबन्धन सरकारले त्यस क्षेत्रका थुप्रै योजनाहरु कटौती गरेको आरोप समेत लगाए । ‘यो गठबन्धन सरकारको स्वार्थ भनेकै बाँडीचुडी खाने हो । देशको ढुकुटी रित्याउनु हो ।’ उनले भने, ‘यिनीहरुको न विचार मिल्छ । न नीति मिल्छ । यिनीहरुको स्वार्थ मात्र मिलेर अहिले एक ठाउँमा भएको हो । यदि देशमा स्थायित्व कायम गर्ने हो भने यिनीहरुलाई बाइबाइ गर्न पर्छ ।’

यसै बीच उनले आफ्नो ५ वर्षे योजनापनि विस्तार गरे । पर्यटकिय सम्भावना बोकेको सिक्लेस, ताङतिङ, कोरी, क्रपूको प्रस्थान बिन्दु नै वडा नम्बर १३ भएको कारण यहाँको पूर्वाधार विकाससंगै अरु विकास गर्नु आवश्यक रहेको बताए । उनले आफूसंग विजयपुर करिडोरको भिजन भएको, बर्सेनि डुबानमा पर्ने कमलपोखरीको समस्या समाधानको उपाय रहेको बताए । यस क्षेत्रका सबै समस्याको समाधान र विकासको लागि पनि आफ्नो जीत जरुरी भएको कुरा सुनाए । उनले निर्वाचित भएपछी सामाजिक विकास,आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने वाचा गरे ।

चुनावी सभामा नेकापा एमाले कास्की १ का प्रतिनिधिसभाका उम्मेदवार मन बहादुर गुरुङले आफ्नो निर्वाचित भएपछि त्यसक्षेत्रको विकासको लागि दिनरात खटिने वाचा गरे । आफूलाई जिताए त्यसको गुण तिर्न सधैं जनताको सेवक हुने कुरा बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्