पाेखरा ७ काे याेजना तर्जुमा वैठक सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं.७ को आगामी आर्थिक वर्ष २०८०/८१ का लागि योजना तर्जुमा सम्बन्धी तयारी बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

साेमवार वडा कार्यालयमा पुर्व जनप्रतिनिधी, टोल समिती, शैक्षिक संघ संस्थाका प्रतिनिधी, राजनितीक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थितिमा छलफल गरेको हो ।

महानगरपालिकाका सबै वडाहरूको समुचित र न्यायोचित विकासका लागि योजनाको प्राथमिकताको मापन गरि बजेट बिनियोजन गर्न छलफल अभियान चलाएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

वडाको जनप्रतिनिधिले मात्र वडा भित्रका सबै आवश्यकता महसुस गर्न नसक्ने हुदा विकास र योजनाको लागि नागरिक सहभागिता महत्त्वपूर्ण हुने वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्यले बताए ।

आचार्यले आफुहरुको पाँच बर्षे कार्यकालमा एक बर्ष सकिएको भन्दै अब बाँकी चार बर्षमा समुन्नत र नमुना वडा बनाउन नागरिकको सहभागितामुलक साथ , सहयोग र सल्लाह दिन अनुरोध गरे ।

योजना छनौटको प्रक्रियालाई सहभागितामूलक बनाई सबै नागरिकहरूको पहुँच स्थापित गर्ने उद्देश्यले वडा नम्बर २५ बाट शुरु भएको यस्तो प्रकारको अभियान वडा हरु क्रमशः २४, ५, ६, १९ र ७ मा सम्पन्न भएको छ ।

यस्तै केन्द्रिय सरकारको बजेट जेठ १५ गते, प्रदेश सरकारको बजेट असार १ गते र स्थानीय सरकारको असार १५ गते आउने हुदा जेठ ११ गते सम्म सबै वडामा छलफल सक्ने महानगरले जनाएको छ ।

वडा नम्वर ७ काे सभाहलमा भएकाे कार्यक्रमकाे स्वागत वडा सदस्य अर्जुन थापाले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्