पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–१८ उपशाखाको आयोजनामा सञ्चालन भएको चार दिने आधारभूत प्राथमिक उपचार तालिम आज सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नं. १८ को आर्थिक सहयोग तथा जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा २४ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
समापन कार्यक्रमको अध्यक्षता उपशाखा सभापति दामोदर तिमिल्सिनाले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा पोखरा–१८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तथा विशेष अतिथिको रूपमा जिल्ला शाखा सभापति उर्मिला खड्काले सहभागिता जनाएका थिए ।
त्यसैगरी कार्यक्रममा जिल्ला शाखा उपसभापति रमा कोइराला, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहनसिंह खड्का, जिल्ला सदस्यहरू सुभास अधिकारी र सूर्यप्रसाद तिमिल्सिना (पालुवा), पूर्व सभापति गंगाधर तिमिल्सिना, निवर्तमान सभापति सूर्यप्रसाद तिमिल्सिना, कर्म फ्लाइटका निर्देशक प्रेम कुँवर, प्रशिक्षकहरू तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सफल प्रशिक्षण पूरा गरेकोमा बधाई व्यक्त गरे । साथै उपशाखाले सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे ।
उपशाखा सभापति दामोदर तिमिल्सिनाले सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्था र पोखरा महानगरपालिका वडा नं. १८ लाई धन्यवाद व्यक्त गर्दै नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन उपशाखाका उपसचिव शंकरराज अधिकारीले गरे ।









