युनाईटेडको रक्तदानमा ५३ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले पहिलो रक्तदाता युनाईटेड क्लबका कार्यसमिति सदस्य शान्ति सुवेदी र ब्राभो टे«निङ सेन्टरका प्रशिक्षार्थी सुन्दर राईलाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदानमा ५३ जनाले रक्तदान गरेका हुन ।

सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कंडेलले रक्तदान जीवन दान गर्ने कार्य भएकाले स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गरे रगत अभावमा रहेका विरामीहरुलाई राहत पुग्ने बताए । खेर जाने रगतलाई रक्तदानको माध्यामबाट कसैको जीवन बचाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

युनाईटेड क्लबले १६ औं वार्षिकोत्सवको अवसर पारी रक्तदान, सामुदायिक विद्यार्थीका लागि अक्षयकोष स्थापना र वार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएकोमा जस अन्तर्गत विहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागी ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थी, वी पोखराका सदस्यहरु र रक्तदानमा सहभागीहरुकै कारण १६ औं वार्षिकोत्सवमा आयोजना गरिएको रक्तदान कार्यक्रम भब्य रुपमा सफल भएको गुरुङको भनाइ रहेको थियो ।

युनाईटेड क्लबले वार्षिकोत्सवको अवसर पारी विगतका वर्षहरुमा जस्तै यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका वर्षहरुमा जस्तै ब्राभो टे«निङ सेन्टर र बृगेड गोर्खा टे«निङ सेन्टरका प्रशिक्षार्थीले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ब्यक्त गरे । अगामी शनिवार पोखराको शिद्ध माविमा अक्षयकोष स्थापना गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्