कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ तोकेको छ।

असोज १८ गतेदेखि सुरु हुने महाधिवेशनका लागि प्रतिनिधि शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

यसपटकको महाधिवेशनमा अघिल्लो पटकभन्दा करिब दुई हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन्। १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए भने १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधि छनोटको संख्यामा पनि वृद्धि गरिएको छ। यसअघि एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकामा विधान संशोधनपछि यसपटक ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बसेबापतको शुल्क भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्