स्याङ्जा । स्याङजा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा डोलराज पोखरेल (डि.आर.) निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी रामचन्द्र रेग्मीलाई पराजित गरे।
निर्वाचित भएपछि उनले फेसबुक पाेष्टमार्फत धन्यवाद दिँदै आफ्नो विजय ५२ वटै वडा सभापति, १ हजार ६३० जना क्षेत्रीय प्रतिनिधि र क्षेत्रका कांग्रेसजनको विश्वासको परिणाम भएको बताए।
उनले निर्वाचन सकिएसँगै अब सबैलाई समेटेर संगठनलाई एकताबद्ध र जनमुखी बनाउने बताए। प्रतिस्पर्धी रेग्मीको राजनीतिक योगदान र अनुभवको सम्मान गर्दै उनका सुझाव र सहयोग लिएर अघि बढ्ने पोखरेलको भनाइ छ।
अग्रजको अनुभव, युवाको ऊर्जा र कार्यकर्ताको एकतालाई जोडेर क्षेत्र नं. १ को संगठनलाई थप सशक्त र चलायमान बनाउने उनले बताए।









