काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। जर्ज मन्सेको आक्रामक ब्याटिङसँगै शानदार शतकको मद्दतमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले कुनै पनि विकेट नगुमाई पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो।
उपाधि जितेसँगै सुदूरपश्चिम रोयल्सका खेलाडी तथा समर्थकले खुसीयाली मनाएका छन्। च्याम्पियन बनेको खुसीमा त्रिवि क्रिकेट मैदानमा आतिशबाजीसमेत गरिएको थियो।
तस्वीर : फाेटाे पत्रकार सुदर्शन रञ्जीत









