स्याङ्जा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्मा विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्मा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव शर्माले इन्जिनियरहरूको पेशागत हकहित, रोजगारी, न्यूनतम पारिश्रमिक तथा पेशागत मर्यादाका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

आँधीखोला–६ का शर्मा कांग्रेसको राजनीतिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय छन्। विपद्का समयमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आफूले व्यक्तिगत उपलब्धिभन्दा सामूहिक हितलाई प्राथमिकता दिँदै आएको बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्