कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ ।
उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा सञ्चार व्यवस्थापन गरिने भएको छ ।
उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि मिडिया सेन्टरमा इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ ।
महाधिवेशन अवधिभर समाचार संकलन तथा रिपोर्टिङमा खटिने सञ्चारकर्मीलाई आवश्यक स्रोत–साधन र प्रविधिसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ ।
महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ । मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीलाई प्रेस पास उपलब्ध गराइनेछ ।
महाधिवेशनका हरेक गतिविधि सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले मिडिया सेन्टरलाई आवश्यक तयारीसहित सञ्चालनका लागि तयार अवस्थामा राखिएको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्