खेलकुद प्रतियोगिताकाे उद्घाटन र समापन कार्यक्रम पट्यारलाग्दाे नगर्न खेलकुद परिषद गण्डकीकाे परिपत्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नगर्न प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ ।

परिषदले ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्र लेख्दै खेलकुद कार्यक्रममा आसन ग्रहण, वक्ताहरुको पटयार लाग्दा भाषणहरु छोट्याउन आग्रह गरिएको हो । खेलकुदका उद्घाटन तथा समापन कार्यक्रमहरुलाई छोटो, छरितो तथा फजुल खर्च निरुत्साहित गर्न परिषदका सदस्य सचिव श्रीधर शर्माले हस्ताक्षरित पत्रमा आसन ग्रहण र मन्तव्य कार्यक्रमलाई छोटो, छरितो, अनुशासित र मर्यादिन बनाउन तथा विदेशबाट आयातीत माला/फूलको प्रयोग नर्गन समेत् भनिएको छ ।

त्यसै गरी कुनै पनि कार्यक्रममा प्लाष्टिकजन्य तथा वातावरण प्रदुषणजन्य सामाग्री, ठूलो ध्वनी आउने साउण्ड सिस्टेम, महङ्गा तथा प्रयोगमा नआउन खालका मायाँको चिनो, खादा तथा दोसल्ला प्रयोग समेत नर्गन भनिएको छ । परिषदले ति सामाग्रीहरुको ठाँउमा स्थानिय उत्पादनलाई टेवा पूग्ने गरी सामाग्रीहरुको प्रयोग गर्न र स्थानिय उद्योगहरुलाई प्रोत्सहान हुने गरी सामाग्रीहरु प्रयोगमा ल्याउन पत्रमा भनिएको छ ।

खेलक्षेत्रलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिहरु, खेल संघसंस्थाहरु, क्लबहरु र सरोकारवालाहरु संग अन्तक्रिया तथा छलफल गरी यथासिघ्र सो बारे धारणा परिषदमा पठाउन समेत भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्