
पोखरा । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् ।
उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्दै जित हात पारेका हुन् ।
अधिकारीले ५५१ मत पाउँदा बास्तोलाले ३४७ मत ल्याएका थिए ।
यसैगरी सचिवमा दर्शन लामा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुरेन्द्र गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । लामाले ५९५ मत ल्याउदा गुरुङले ३२० मत ल्याए ।
दुई प्यानलमा गरिएको निर्वाचनमा क्षेत्री समूहले प्यानलकाे वश्र्चव गरहेको छ ।
उनको प्यानलबाट अध्यक्ष, उपाध्यक्ष सबैमा जित हात पारेका हुन् ।
तस्वीर : तिर्थ के.सी