
पाेखरा ।
पाेखराका पर्यटन व्यवसायीकाे टाेली “पोखरा–नेपाल पर्यटन प्रवर्द्धन गर्न र बिक्री मिसन” मा सहभागी हुन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) चाइना प्रस्थान गरेकाे छ ।
टोली शुक्रबार हवाई मार्ग हुँदै मित्र राष्ट्र चाइना जानेछ । यसअघि विहिवार साँझ पोखराबाट रात्रिकालिन बसमा टाेलीले काठमाण्डाैकाे यात्रा तय गरेकाे छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको आयोजना नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा हुने उक्त कार्यक्रममा पोखरा क्षेत्रका १६ जनाको टोली ९ दिने चाइना भ्रमणमा जाने भएको यात्रामा निस्कनुअघि विहिवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रम गोन्जाओ इन्टरनेश्नल ट्राभल्स फेयर गोन्जाओ शहरमा जेठ १० गतेसम्म हुनेछ ।
पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन सहित चाइनामा विहिवारदेखि सुरु भएको “पोखरा–नेपालको पर्यटन प्रवर्द्धन र विक्री मिसन” कार्यक्रममा सहभागी हुन टाेली चाइना प्रस्थान गरेकाे हाे ।
कार्यक्रममा पोखरा नेपालको पर्यटनको गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नुको साथै प्रवर्द्धनात्मक कार्यक्रमहरू प्रस्तुत: गरिने भएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए । चिनिया राजदूतको सहकार्यमा हुने कार्यक्रममा टोली गोन्जाओ हुँदै बेजिङसम्म जाने भएको हो ।
टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सम्बन्धित निकायहरूसँग छलफल गर्नुको साथै चीनका अन्य मुख्य आर्थिक र पर्यटन विकासको अवलोकन गरिने भएको अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा टुर एण्ड ट्राभल व्यवसायी, पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको सहभागिता रहने भएको महासचिव संगीता पौडेलले बताईन् ।
संस्थाले विगतका वर्ष देखि आन्तरिक पर्यटन प्रवर्द्धनका साथै अन्तर्राष्ट्रियस्तरमा प्रमोसनल अभियान तथा विभिन्न प्रकारका सेल्स मिमनहरु आयोजना गर्दै आएको छ ।
नेपाल आउने अधिकांश पर्यटक भारत र चाइनाबाट सहभागी हुने हुँदा यस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनात्मकमा धेरै मद्दत पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
चाइनिज पर्यटकहरूले छोटा ट्रेक र प्याराग्लाइडिङ बढी गर्न बढी रुचाउने उनको भनाई थियो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोखरेलले पोखरामा चिनिया पर्यटक आगमनमा उल्लेखनीय रुपमा वृद्धि हुन थालेको बताए ।
संस्थाका पूर्व अध्यक्ष वासु त्रिपाठीले कोभिड पछि नेपाल ८० औँ देशहरू खुल्ला पछि मात्र नेपाल खुलेका कारण नेपालमा चाइनिज पर्यटक कम आउन थालेको उल्लेख गरे ।
कनेक्टिभिटीको पहुँच राम्रो नहुँदा नेपालमा आउन चाहेर पनि कति पर्यटकहरू विकल्पमा आउने थाईल्याड गएको अध्यक्ष अधिकारीले दाबी गरे । उक्त मार्टमा १५० देशका सहभागी हुने भएको बताइएको छ ।