विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सोलिखुम्बु ।
विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको  कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बिच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवति  खड्का बिजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले बिश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो बिश्व रेकर्ड हुने दावी गरिन् र यसलाइ

हास्य प्रस्तुति सहित हास्य कलाकार शिव शंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सन्चालन गरेका थिए । मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भुमिका निर्वाह गरेकी थिइन् ।  कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पा स्थानिय सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्