
पोखरा | नेकपा (एमाले),पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ | राज्य पुन संरचना संगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो | नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ | ११६ सदस्यीय आयोजक कमीटी ,४८ सदस्यीय सल्लाहकार समिती ,वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरी समेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन |
यहि जेष्ठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उद्घाटन नेकपा (एमाले)का केन्द्रीय बरीस्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ | त्यस पश्चात बन्द सत्रका कार्यक्रम समेत पोखरा सभागृहमा संचालन हुने छन |
कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ | पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा ,चुनाव चिन्ह ,माछापुच्छ्रे हिमालको दृश्य समावेश गरीएको छ |
नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष ,उपाध्यक्ष र सचिव १ /१ जना ,उपसचिव २ जना सहित १०१ जना छनौट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी गराएका थिए |