यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : ब्याडमिन्टनमा दुई विधाका सेमिफाईनल खेलहरु सकिए

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा दुई विधाका सेमिफाईनल खेलहरु सकिएका छन् ।

छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचन र कोशीकी निभा राई उपाधिका लागि भिड्ने भएका छन् । शेरचनले गण्डकीकी समृद्धी श्रेष्ठलाई २१–१२ र २१–९ अंकले पराजित गर्दा राईले गण्डकीकी दिलाशा रानालाई १२–२१,२१–१९ र २१–१७ अंकले पराजित गदै अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् ।

छात्र एकलतर्फ गण्डकीका सफल भुजेल र लुम्बिनीका सुविन श्रेष्ठ उपाधिका लागि भिड्ने भएका छन् ।

भुजेलले बागमतीका रिजन मगरलाई २१–१७ र २१–१३ अंकले पराजित गर्दा श्रेष्ठले कोशीका सुदिप राईलाई २१–१३ र २१–१४ अंकले पराजित गदै उपाधि नजिक पुगेका हुन् ।

तस्विरः सुदर्शन रञ्जित

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्