
पोखरा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पोेखरा ३२ मा रहेको मालेपाटन पारी वन सामूदायिक वनमा वृक्षारोपण गरिएको छ ।
डिभिजन वन कार्यालय, कास्की र मालेपाटन पारी वन सामूदायिक वन उपभोक्ता समूहको सहकार्यका भएको वृक्षारोपण कार्यक्रम वन निर्देशनालय, गण्डकी प्रदेशले आयोजना गरेको हो ।
‘भावी सन्ततिका लागि वृक्षारोपण गरौं’भन्ने नारासहित भएकोे कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयका सचीव रामचन्द्र कंडेलले वनजंगल जोगाउनकाृे लागि मन्त्रालयबाट भरपूर सहयोग रहने बताए । उनले वृक्षारोपण कार्यले विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पु¥याएकोले वृक्षारोपणको महत्व सधैं रहने उल्लेख गरे । उनले जति विरुवा सार्न सक्यो त्यति नै जमिन बलियो हुने बताए ।
मानव जीवनलाई हितकारी बनाउने वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्ने उनको भनाई छ । उनले भने-‘अहिले हामीले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावि पिंडीका लागी सम्पत्ति बन्दछ । सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आआफ्नो समुदायमा वृक्षारोपणको व्यापक अभियान चलाउँन आवश्यक छ ।’
वन निर्देशनालय, गण्डकी प्रदेशका वन निर्देशक रामकाजी श्रेष्ठले प्रकृतिले दिएको अनुपम उपहार वनको संरक्षणसँगै सदुपयोग गर्नुपर्ने बताए । उनले भने-‘ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ भने सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रिले महत्व पाइरहेको छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको हुन्छ ।’
हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यता नै छ । यो मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको उनको भनाई छ ।
कार्यक्रममा पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले जमिन कमजोर भएको मालेपाटन पारी वन सामूदायिक वनमा वृक्षारोपण गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा मालेपाटन पारी वन सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण सुवेदी, सुभारम्भ बुहारी क्लवको अध्यक्ष राधा वाग्ले, मालेपाटन प्रगतिशिल आमा समूहको अध्यक्ष निर्मला ढकाल लगायतले बोलेका थिए ।