पाेखरामा पत्रकारमाथि आक्रमण गर्ने ५ जना पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । यातायात व्यवसायीको आन्दोलनका क्रममा रिपोर्टिङमा खटिएका पत्रकारमाथि आक्रमण गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।

पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि  आक्रमण गरेका पोखरा महानगरपालिका ९ शान्तिबन बस्ने ४१ वर्षीय ट्याक्सी चालक सुर्य बहादुर नेपाली,

 गोरखा स्थायी घर भई हाल  पोखरा ९ पृथ्वीचोक बस्ने ३३ वर्षीय मजदुर बुद्धि बहादुर बयलकोटी, पोखरा १६ लामाचौर बस्ने १६ वर्षीय बसको सहचालक प्रशान गुरुङ, लमजुङ सुन्दरबजार १ कुन्छा घर भई हाल  पोखरा ५ जिरो बस्ने २८ वर्षीय ट्याक्सी चालक सन्तोष बस्नेत  र स्याङ्जा आँधिखोला गा.पा.२ पोखराचौर घर भई हाल  पोखरा म.न.पा.१७ घारीपाटन बस्ने ३५ वर्षीय टंकबहादुर क्षेत्री पक्राउ परेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारले निजी दुई पाङ्ग्रे एवं चार पाङ्ग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयको बिरोध स्वरुप भाडाका सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका गण्डकी भ्वाईस अनलाईन मिडियाका व्यबस्थापक निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिर्पाेटर बिना कुमारी थापालाई निजहरुले आक्रमण गरी स्कुटर समेत ताेडफाेड गरेका थिए ।

पत्रकारद्वयमाथि आक्रमण भएपछि पत्रकारहरुले प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन्  । भने पत्रकार आवद्व संघसंस्थाले घट्नाकाे घाेर भर्त्सना गरेका छन् ।

पक्राउ परेकाहरुलाई कारवाहिका लागि थप अनुसन्धान अगाडी बढाईएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्