पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना (फाेटाेहरु)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल / पाेखरा।

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।

साेमवार विहान मट्टिखानबाट विद्यार्थी लियर स्कुल फर्किदै गर्दा पाेखरा १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

 छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको उक्त बसमा २४ जना विद्यार्थी, चालक र परिचालक (महिला) २६ जना सवार थिए ।

प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । घुम्तीबाट खसेको बस तल्लो सडकमा पुगेको छ । बस ५०/६० मिटर तल सडकमा  खसेको छ ।

 बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुनबाट जोगिन सफल भएकाे प्रत्यक्षदर्शीकाे भनाई छ ।

 घाईते विद्यार्थी, चालक तथा सहचालकलाई मणिपाल, जेएमसी र गण्डकी हसणपिटलमा लगिएकाे छ ।घट्नाकाे थप विवरण आउन बाँकी छ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्