पाेखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएका छन् ।
पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन ।
कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर आउनु भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष निरौलाले यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूती हुने गरि काम गर्ने विश्वास व्यक्त गरे ।
कानूनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरि काम गर्ने प्रतिवद्धता जनाउँदै उहाँले त्यसका लागि समुदायसंगको सहकार्यको आवश्यकता औल्याए ।
कार्यक्रममा वडा प्रहरी बैदाम कार्यक्षत्र अन्तर्गतका पोखराका ११ वडाका जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले सहभागिता रहेको थियो ।
प्रहरी निरीक्षक कमल पोखरेलले स्थानीयको सुझावका आधारा शान्ति सुरक्षामा सहकार्य गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
आगामी दिनमा सुझावका लागि पर्यटन व्यवसायी,उद्योगी, सञ्चारकर्मीसंग छलफल कार्यक्रम गरिने तयारी गरिएको उनको भनाई छ ।