आठाैं पाेखरा स्पोर्टस अवार्डबाट १ लाख ८६ हजार रुपैयाँ बचत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल/पाेखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठाैं पाेखरा स्पोर्टस अवार्ड २०८० काे आयव्यय बुधवार सार्वजनिक गरेकाे छ ।

मञ्चले साताैं स्थापना दिवसमा आयोजित कार्यक्रममा  गत वैशाख २८ गते सम्पन्न स्पाेर्टस अवार्डकाे आय व्यय सार्वजनिक गरेको हो ।

आठाैं पाेखरा स्पोर्टस अवार्डबाट १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएकाे मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले बताईन् ।

अर्वाड कार्यक्रमको लागि रु १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ आम्दानी भएकोमा रु १६ लाख ६४ हजार २ सय ५९ खर्च भई एक लाख ८६ हजार २७७ रुपैयाँ बचत भएकाे हाे ।

मञ्चको साताैं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आठाैं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको छ ।

कार्यक्रमका सहभागीले स्पाेर्टस अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा  जोड दिएका छन् ।

यस वर्ष उत्कृष्ट खेलाडीको अवार्ड किकंटका अर्जुन कुमाल र आईटिएफ टेक्वान्दो खेलाडी सुस्मिता थापामगरले जितेका थिए ।

वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टकी दिलाशा राना उत्कृ्ष्ट प्रशिक्षकको अवार्ड भलिवलका रमेश केसी, वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद संघसंस्था वा क्लवतर्फकाे अवार्ड सहारा क्लव पोखराले हात पारेका थिए ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक ईन्द्रा मल्ललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महसंघका पूर्व केन्द्रीय सदस्य एवं खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व महासचिव विजय नेपालले मञ्चकाे अक्षयकाेष सञ्चालनका लागि  ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

काेषमा यसअघि मञ्चका अध्यक्ष दिनानाथ बरालले १० हजार र सल्लाहाकार सुदर्शन रञ्जितले २५ हजार रुपैयाँ सहयाेग गरिसकेका  छन् ।

मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन महासचिव राजाराम पाैडेल र समापन उपाध्यक्ष सुरज श्रेष्ठले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्