सागर ढकाल/ पाेखरा ।
पाेखरा ६ हल्लनचाेकमा साढे ६ कराेड रुपैयाँकाे लगानीमा गामवेशी राेधि क्लव सञ्चालनमा आएकाे छ ।
पाेखरामा डिस्को, डान्सबार र क्लवमा झुम्ने पर्यटकहरुलाई लोकसंगीतमा आकर्षण उद्देश्यले राेधि क्लव सञ्चालनमा ल्याएकाे गामवेशी राेधि क्लव प्रा.लि.ले बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।
सञ्चालनकाे सुरुवातमा भदौ १ गतेदेखि ८ गतेसम्म नेपालका चर्चित कलाकारहरुको विशेष प्रस्तुति सहित शुभारम्भ विशेष साँगीतिक कार्यक्रम आयोजना गरिएकाे क्लवले जनाएकाे छ ।
९ दिनसम्म हुने शुभारम्भ कार्यक्रममा हरेक दिन साँझ ८ बजेदेखि राति ४ बजेसम्म पर्यटकहरु गीत संगीतमा रम्र, रमाउन सकिनेछ ।
शुभारम्भ कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रका चर्चित अनुहारहरु भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निश्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, वालचन्द्र बराल, ईश्वर सिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गंगनसिंह गुरुङ र ज्योति लोहनीको विशेष प्रस्तुति रहनेछ। यसको अलावा नियमित कलाकारको पनि प्रस्तुति कार्यक्रम अवधिभर रहने क्लव सञ्चालकहरुले जनाएका छन् ।
५ जनाकाे संयुक्त लगानीमा सञ्चालनमा आएकाे राेधि क्लवले लोक तथा दोहोरी गीतको माध्यमबाट दर्शकलाई भरपूर्ण मनोरञ्जन दिँदै स्वदेश तथा विदेशसम्म चिनाउनको लागि साथै पोखरा लगायत यस क्षेत्र वरपरका महत्वपूर्ण क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका निम्ति महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरेकाे छ ।