पोखरामा ४ दिनमा डेढ सय मोडिफाइड बाइक नियन्त्रणमा लिएर एकैसाथ सार्वजनिक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका डेढ सय  मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन ३० देखि ४ दिनमा १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताए ।

कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए ।

मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने अनुमान रहेको डिएसपी शर्माको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्