सागर ढकाल/पोखरा ।
पूर्वी तराईकाे लोकल स्वादका विभिन्न परिकारहरु पोखरामा नै खान पाईने भएको छ । हालै मात्र पोखराको सिर्जनाचोकमा सञ्चालनमा आएको चम्पारन ढावा रेष्टुरेन्ट एण्ड बारमा पूर्वी तराईका स्वादहरुका परिकार पाईने सञ्चालक रोहित कुमार चौधरीले जानकारी दिए ।
पोखरामै पहिलो पटक मटन ह्याण्डी मिट, नुन पानीमा मात्रै बनेको मासुको स्वाद, पूर्वी तराई (मधेस) को पुरातात्विक तरिकाको पकवानबाट बनेको विभिन्न परिकारका लोकल स्वादहरु ढावामा उपलब्ध हुने सञ्चालक चौधरीको भनाई छ ।
युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगारको लागि प्रोत्साहन गर्दै पर्यटकहरूलाई नेपालको पुरातात्विक तरिकाको पकवानमार्फत माटोको भाँडामा पाकेको स्वाद चखाउनको लागि चम्पारण ढावा सञ्चालनमा ल्याएको अर्का सञ्चालक अनिश कुमार जैसवालले बताए ।
५ जनाको समूहद्धारा सञ्चालनमा आएको ढावामा करिव १ करोड रुपैयाँ लगानी भएको छ । क्याविनको सुविधा समेत रहेको ढावामा करिव ७० जना अतिथि एकैसाथ अटाउन सक्छन् ।
ढावाको उद्घाटनमा बोल्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालल पूर्वी तराईको स्वादले पोख्रेलीले र आउने अतिथिहरुको मन जित्नेमा आफू विश्वस्त रहेकोे बताए । उनले युवाहरुले गरेको कामको खुलेर प्रशंसा गरे र अरु युवाहरुलाई पनि स्वरोजगारमा लाग्न आग्रह गरे ।
सञ्चालनको अवसरमा ढावामा यहि भदौ १५ गतेसम्म विशेष छुट समेत भईरहेको छ ।