पोखरा पर्यटन परिषदको पदाधिकारी चयन तथा पदस्थापन कार्यक्रम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । परिषदको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले तारानाथ पहारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकोे हो । नवनिर्वाचित अध्यक्ष पहारी गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष समेत हुन ।

परिषदले सर्वसम्मत निर्वाचित भएका सदस्यहरुबाट पदाधिकारी चयन गरेको छ । जसमा परिषदको प्रथम उपाध्यक्ष हरि भुजेल र द्धितिय उपाध्यक्षमा चौबहादुर गुरुङ चयन भएका छन् । भने महासचीवमा जीवन सापकोटा, सचीवमा नारायाणप्रसाद सुबेदी, कोषाध्यक्षमा निमबहादुर मगर र सह–कोषाध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन् । बाँकी ३ सदस्य कार्यसमितिको बैठकले चयन गर्नेछ ।

अध्यक्ष निर्वाचित भएपछि पहारीले परिषदलाई पर्यटनको साझा संस्था बनाउने बताए । निर्वाचित पदाधिकारीको विहिवार नै पदस्थापन गरिएको छ ।

यसअघि बुधवार कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दु कुमार थापाले पोखरामा पर्यटनको बसाई लम्व्याउने गरि सम्वन्धित गतिविधि गर्नुपर्नेमा जोड दिएका थिए ।

होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रको विभिन्न ठाउँमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्