रामबजारमा ३३ औं संस्करणकाे  तीज गित प्रतियोगिता हुने 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल/पोखरा। श्री राम मन्दिर माछापुच्छ्रे महिला समूह रामबजार पोखराको आयोजनामा ३३ औं संस्करणको तीज गित प्रतियोगिता हुने भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तीजकाे अवसरमा हुने प्रतियाेगिता हरितालिका तीजकाे दिन भदाै २१ गते राम बजार प्राङ्गणमा हुनेछ ।

राम मन्दिर माछापुच्छ्रे महिला समूका अध्यक्ष माया गुरूङ भुजेलले प्रतियोगितामा विजेतालाई नगद २५ हजार, उपविजेतालाई २० हजार,तेश्रो हुनेलाई १५ हजार शान्त्वनालाई ७ हजार पुरस्कार प्रदान गरिने मंगलवार आयाेजित पत्रकार सम्मेलनमा  जानकारी दिईन् ।

प्रतियाेगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको आयोजक संस्थाका सचिव लेकमाया पुनले बताईन् ।

 रामबजारको पहिचान धर्म, संस्कृक्तिको उत्थानका साथ पोखरा महानगरपालिकाको अंति महत्वपूर्ण रमणीय र धार्मिक क्षेत्रले परिचित रामबजारको प्रचार प्रसार गर्न उक्त प्रतियोगिताले थप मद्दत पुग्ने उनकाे दावी छ ।

२०६४ सालमा राम मन्दिर माछापुच्छ्रे महिला समूहले स्थापनाको पहिलो वर्ष कालिका मा.वि.को प्राङ्गणमा र त्यसपछि विश्वकर्मा मन्दिर, राम मन्दिरको प्राङ्गणमा तीज गीत प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक रूपा गुरुङले बताईन् ।

 उक्त तिज गित प्रतियोगिताका परिकल्पनाकार मनविर गुरूङले आफुहरुले कास्की जिल्लाको मात्र नभई देशमै पहिलो पटक तीज गित प्रतियोगिता संचालन गरेको दाबी गरे।

प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य हुने एक एक जनालाई जनही २/२ हजार प्रदान गरिने भएको छ भने सहभागि टिमलाई यातायात खर्च स्वरुप १ हजार उपलब्ध गराइने आयाेजकले जनाएकाे छ ।

रामबजार क्षेत्रका विभिन्न मन्दिरहरुमा पालैपालो हुने तीज गीत प्रतियोगिता याे वर्ष राम मन्दिरकै प्राङ्गणमा हुनेछ ।

प्रतियाेगितालाई पोखरा महानगरपालिकाले समन्वय र पोखराको घरना समूह हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन गरेका छन् ।

कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्र रामबजारका अध्यक्ष क्या.थमनसिह थापा, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, रामबजार यूके सोसाइटीका पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय खेलाडी रुपक गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्