तमु धिं नेपाल रुपा गाउँपालिकामा गेसबहादुर गुरुङ

सागर ढकाल
  • ख-
  • ख+

 

पोखरा। तमु धिं नेपालको संगठनात्मक विस्तार अन्तरगत कास्जी जिल्लाको रूपा गाँउपालिका स्तरीय तमु भेलाले गेस वहापुर गुरुडको अध्यक्षतामा १७ सदस्यीय तमु धि नेपाल रुपा गाँउपालिका कार्यसमिति गठन गरेको छ।

रुपा गाँउपालिका वडा नं ६ मोहोरियास्थित मोहोरिया तमु धिंमा सम्पन्न भेलाले कार्यसमितिको उपाधक्षमा जानकी गुरुङ, सचिवमा मनोज गुरुङ, सहस‌चिवमा धनवहादुर गुरुङ, कोषाध्यक्षमा बिभा गुरुङ, सहकोषाध्यक्षमा सुष्मा गुरुङ, सदस्यहरुमा बबिता गुरुङ, बुद्धि गुरुङ, फसेल गुरुङ, सकुन्धरा गुरुङ, गंगा गुरुङ, जसवहादुर गुरुङ, विष्णु गुरुङ, बुद्धिमाया गुरुङ, धनवहादर गुरुङ, चुनमाया गुरुङ, हिरा गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालको अध्यक्ष हुमवहादुर गुरु‌‌ले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष गेसवहादुर गुरु‌‌ङले प्रतिवद्धता व्यक्त गर्नुहुदै रुपा गाँउपालिकामा बसोबास गर्ने सम्पूर्ण तमुहरुलाई संगठित गर्दै अघि बढ्ने बताउनुभयो। कार्यसमिति गठनका लागि सिद्वार्थ तमु समाजका अध्यक्ष सुबेदार केहर सिंह गुरुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो।

कार्यकमका प्रमुख अतिथि रुपा गाँवपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले तमुहरुको एकता, संगठित शक्तिबाटै सामुदायिक हित र अधिकार प्राप्ति हुने बताए ।

कार्यक्रममा रुपा ६ का वडाध्यक्ष नारायण गुरुङ, जिल्ला समन्वय समिती सदस्य क्या.हर्कबहादुर गुरुङ, मोहोरियाब्तमु धिँका अध्यक्ष सु.उत्तर बहादुर गुरुङ , सिद्दार्थ्तमु समाजको उपाध्यक्ष टिकबहादुर गुरुङले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो।

पालिकास्तरमा तमु धिं गठनको बारेमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले प्रष्ट्याउनुभएको थियो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्