पोखरा । नेपाल इन्जिनियर एसोसियसन गण्डकीको निर्वाचनमा टीम सिडेनले सम्पूर्ण पदमा अत्याधिक मतका साथ विजय प्राप्त गरेको छ।
सिडेनका तर्फबाट अध्यक्ष उम्मेदवार सन्तोष जिसीले ५९२ मतसहित विजयी भएका छन्। प्रदेशको उपसभापतिमा विशाल थापा ६६८ मत सहित विजयी भएका छन् । सचिवमा निरोज लामिछाने ६०६ मत सहित विजयी भएका छन् । सहसचिवमा मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भएकी छिन् । कोषाध्यक्षमा विश्वास आचार्य विजयी भएका छन्।
सदस्यहरुमा महेन्द्र पौडेल ६३० मत, सक्षम अधिकारी ५६९ मत, संजय राज तिमिल्सिना ६२२ मत, रोचक क्षेत्री ५३९ मत, ध्रुव रेग्मी ५२८ मत, निरोज घिमिरे ६१२ मत, लाल वहादुर खत्री ५३१ मत, मनोज गिरि ५३१ मत, रमेश भट्ट ५३१ मत, सुमन शर्मा ५४२ मत ल्याएर विजयी भएका छन् ।










