पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । आज आएको अन्तिम मत परिणामा अनुसार कार्कीले प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४ सय ८८ मत अन्तरले पराजित गरी संघको अध्यक्षमा निर्वाचित भएका छन्।

कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे भने पोखरेलले ८ सय ५१ मत प्राप्त गरेका छन् । अध्यक्ष पदमा २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कार्की यस अघि वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए भने पोखरेल अध्यक्षमा पराजित बनेका थिए।

उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग विजयी भएका छन् । सुदीपमान प्रधानांगले एक हजार १७७ मत ल्याए विजय प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ पहिले नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

कुल १० जना कार्यसमिति सदस्यको लागि भएको निर्वाचनमा सदस्यमा ललितबहादुर कुँवरले सर्वाधिक एक हजार ५३९ मत पाए । यसैगरी, देवेन्द्र प्रजूले एक हजार ५१६ मत, सौगात थापाले एक हजार ४९४, दूधमान गुरुङले एक हजार ४६८, भीम गौतमले एक हजार ४३९, जीवनप्रकाश श्रेष्ठले एक हजार ३८३, टीकाराम सुवेदीले एक हजार ३९४ र यादवप्रसाद पोखरेलले एक हजार ३०० मत र स्वतन्त्र उमेदवारी दिएका मध्ये प्रदीपराज भण्डारीले एकहजार ३७० र रामचन्द्र तिमिल्सिनाले एक हजार ३७५ मत ल्याएर विजयी भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्