पदयात्रा तथा पर्वतीय पर्यटनमा दीगो पर्यटकीय अभ्यास हुनुपर्नेमा जोड

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पदयात्रा पर्यटन प्रवर्द्वनकाे लागि पदयात्रा तथा पर्वतीय पर्यटनमा दीगो पर्यटकीय अभ्यास हुनुपर्नेमा पर्यटनसँग सम्वन्धित निकायका प्रमुखहरुले जाेड दिएका छन् ।

उनीहरुले पदयात्रा पर्यटनका नयाँ गन्तव्यहरूकाे पहिचान, त्यहाँ पुग्ने पर्यटकको संख्या गणना, पर्यटकको सुरक्षाको मापदण्ड सुनिश्चित गर्नुपर्ने पर्यटनको क्वालिटी स्ट्यान्डराइजेसन, त्यसको मापदण्ड, गाइडहरूको मापदण्ड, प्रोडक्टको विशिष्टीकरण लगायतका विषयमा कुन संस्थाको भूमिका के रहन्छ ? त्यसलाई प्रष्ट किटान गर्न सुझाए ।

राष्ट्रिय पदयात्रा पर्यटन क्षेत्रको रणनीति योजनाकोे लागि शुक्रवार भएकाे परामर्श वैठकका सहभागिहरुले यस्ताे सुझाव दिएका हुन् । टे«किङ्ग एसोसिएन अफ नेपाल (टान) ले नेपाल पर्यटन वोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा सचालित जीविकोपार्जन पुरुत्थानका लागि दिगो पर्यटन परियोजना (STLRP) समेतको सहयोगमा पदयात्रा मार्ग तथा पदयात्रा क्षेत्रको रणनीति (National Trekking Trail Strategy) तयार गरिरहेको छ ।

यसका लागि टान गण्डकीले प्रदेश स्तरीय पदयात्रा तथा पर्वतीय पर्यटनसँग सम्वद्ध सरकारी तथा पर्यटकीय संघसंस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरुसँग परामर्श वैठक गरि सुझाव संकलन गरेको हो ।

साेही वैठकका सहभागिले अबको १० वर्षमा ट्रेकिङ एशाेसिएसन रोड म्याप जस्तैः पदयात्रा कहाँसम्म? कहाँ पुगिन्छ ? कुन कुन नयाँ ठाउँमा हो? पर्यटकको सेफ्टी मेजरहरू के के हुन ? पर्यटकको खर्च अवधि र बसाइलाई कसरी सन्तुष्टि बनाउँने ? लगायत विषयवस्तु स्पष्ट हुनुपर्ने कुरामा जाेड दिए ।

परामर्श वैठकमा टान केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले पदयात्रा पर्यटनको रणनीतिक योजनाको भूमिका, लक्ष्य, उद्देश्य लगायतका विषयमा विस्तृतमा जानकारी गराएका थिए ।

पदयात्रा पर्यटन नेपालको मौलिक तथा महत्वपूर्ण पर्यटन हो । पछिल्लो समय सडक सञ्जालको विकासले सडकहरू साघुँरिदै जानु र जलवायु परिवर्तन लगायतका विभिन्न कारणहरूले पदयात्रा पर्यटनमा जोखिमहरू बढ्दै गएकोमा टान केन्द्रका प्रमुख कार्यकारी अधिकृत सेढाईले चिन्ता व्यक्त गरे ।

उनले पदयात्रा व्यवसायीहरूले फाइदा नपाइरहेको पर्यटकीय क्षेत्रहरूमा नयाँ तथा मौलिक कार्यविधिहरू परिवर्तन गरेर परिमार्जित बनाउनुपर्ने बताउँदै पदयात्रा पर्यटनमा चुनौती र अवसरहरू सबै रहेकोे उल्लेख गरे ।

सबै व्यवसायहरूले पदयात्रा पर्यटनबाट पाइने स्थानिय समुदाय तथा गाउँपालिकालाई राजश्व र अरु क्षेत्रबाट लिन सकिने फाईदाहरुको बारेमा अवगत गराउनुपर्ने उनको भनाई छ ।

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले  नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन र पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project) अन्तर्गत  टान गण्डकीले टे«किङ्ग गाईड र पोर्टरहरूका लागि रिफ्रेसमेन्ट तालिम, पर्यटन डिजिटल मार्केटिङ प्रशिक्षण, ट्रेल नेभिगेसन नक्सा पढाई, वाइल्डनेस प्राथमिक उपचार, पर्वतीय प्रकोप र उद्धार प्रशिक्षण , ट्रेकिङ र माउन्टेन टुरिज्म फोकस फोटोग्राफी र भिडियोग्राफीका विभिन्न तालिम सम्पन्न गरेको वैठकमा अवगत गराएका थिए ।

यसका साथै टान गण्डकीले दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम, पदयात्रा र पर्वतीय पर्यटन (इको टुरिजम) को सन्दर्भमा जैविक विविधता संरक्षण (फूल र जीवजन्तु) को महत्व, स्थिति, समस्या र अन्तर लगायतका विषयमा पनि प्रशिक्षण दिइसकेको टान गण्डकीका अध्यक्ष आचार्यले जानकारी दिए ।

वैठकमा टान केन्द्रका महासचिव सोनाम ग्याल्जेन शेर्पा, टानका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरी भूजेल, नेपाल टुरिज्म वोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पर्यटक मन्त्रालयका प्रतिनिधि सृजना सुवेदी –शाखा अधिकृत), नाका अध्यक्ष अनिल के.सी., नाटाका द्धितीय उपाध्यक्ष राजेश पहारी, पोखरा पंक्षी समाज अध्यक्ष मनशान्त घिमिरे, संरक्षण अधिकृत (एनटिएनसी / एक्याप)का राजनप्रसाद पौडेल, पर्यटन प्रहरी प्रतिनिधि हिमला श्रेष्ठ, मनि चेन्जर एशोसियसनका अध्यक्ष रूपक मिश्रा, होटेल संघका कोषाध्यक्ष क्षेत्र प्रसाद पौडेल, ओटेफका अध्यक्ष उमा भण्डारी, एगाका उपाध्यक्ष गोकर्ण लम्साल, कन्सल्टेण्ट (एनआरसीसी) सौरव श्रेष्ठ लगायत सहभागि थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्