पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
पर्यटन व्यवसायलाई पर्यटनमैत्री बनाउन र पर्यटन क्षेत्रमा देखिएको समस्याहरु समाधानका लागि टानले १३ बुँदे माग राख्दै पर्यटनमन्त्री पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
टानले बुधवार बुझाएको ध्यानाकर्षणपत्रमा विकासका नाममा जथाभावी मोटर बाटो बनाउदा विगतका विश्वप्रख्यात पदमार्गहरु मासिदै र छोटिदै जानुले पदयात्रा पर्यटन नै धरायसी हुने खतरा भएकाले ति पदमार्गहरूको खोजी र प्रवद्र्धन गर्न आग्रह गरेको छ ।
निशेधित क्षेत्रको पदयात्रामा जाने पर्यटकको नियमलाई संसोधन गरि १ जनाको मात्र पनि अनुमतिपत्र जारी गर्ने व्यवस्था गर्न र पर्यटकलाई नकरात्मक सन्देश दिने पालिकाहरुका गतिविधिलाई रोक लगाउन, पदयात्रा क्षेत्रमा NO TREKKING WITHOUT GUIDE OR SUPPORTER को नितिलार्ई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, मान्यता प्राप्त कम्पनीहरुबाट मात्र पर्यटकहरुलाई पदयात्रा भ्रमण गर्न गराउन, गैरकानूनी पदयात्रा सञ्चालन (illegal Trekking Operation) माथि रोक लगाउन साथै अवैधानिक रुपमा कसैले पदयात्रा गराएको पाईएमा कडा दण्ड जरिवाना कायम गर्न टानको अनुरोध छ ।
सरकारका तिनै तहको समन्वयमा पर्यटन व्यवसाय निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन र दर्ता र नवीकरण प्रकृया सहज बनाउनको लािग एकद्धार प्रणाली लागू गर्न सहजीकरण गर्न समेत टानले पर्यटनमन्त्रीलाई आग्रह गरेको छ ।
यस्तै समय सापेक्ष नीति तथा ऐन परिमार्जन गर्न, संसारको सातौ अग्लो हिमश्रखला धवलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरिनुपर्ने साथै पदयात्रा क्षेत्रहरुलाई ‘पदयात्रा संरक्षण क्षेत्र’ को रुपमा संरक्षण र विकास गरिनुपर्ने, राज्यले अबmउष्लन जभचष्तबनभ बचभब को रुपमा केहि क्षेत्रहरुलाई घोषणा गर्न, साहसिक पदयात्रालाई सुरक्षित बनाउनका लागि भैपरि आउन सक्ने दुर्घटनाबाट मानविय क्षति न्यून गराउन चुस्त र दक्ष जनशक्ति सहितको “उद्दार टोलीको व्यवस्था गर्न समेत टानले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पदयात्रा क्षेत्रका उच्च हिमाली क्षेत्रहरुमा मौषम पुर्वानुमान केन्द्रहरु र सुचना केन्द्रहरुको व्यवस्थापन गर्नु र राष्ट्रिय प्रकृत्ति संरक्षण कोष अन्तर्गतका सरक्षित तथा पदयात्रा नियन्त्रित क्षेत्रहरुको ऐन तथा नियमावली समय सापेक्ष संसोधन गरिनु पर्ने टानको माग छ ।
ध्यानाकर्षणपत्र बुझाउँदै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारबाट समग्र पदयात्रा पर्यटन व्यवसायीहरुको समस्याहरुको समाधान र मागहरु सम्बोधन हुनेमा विश्वस्त रहेको बताए ।
नेपालको पदयात्रा पर्यटनको प्रवर्द्धन र विकासमा समर्पित पदयात्रा क्षेत्रकी मेरुदण्डको रुपमा रहेको टान पर्यटनको प्रमुख हिस्सा ओगटेको पदयात्रा कम्पनिको माझा संस्था हो । यो संस्था विभिन्न कालखण्डमा पदयात्री व्यवसायका चुनौतीहरूमग जुझ्दै व्यवसाय संचालन गरि मर्यादित पदयात्रा व्यवसायलाई सधै कियाशिल बनाउन लागि परेको छ ।










