‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गकाे अवलाेकन

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान ) गण्डकीकाे आयाेजनामा ‘भ्यू फेवा राउण्ड फेवा’ हाकिङ पदमार्गकाे स्थलगत अवलाेकन तथा अनुगमन भएकाे छ ।

‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गकाे दिगो प्रवर्द्धन र नजिकको पदमार्गकाे प्राेत्साहनका लागि टानले शुक्रवार हाइकिङ पदमार्गकाे अवलाेकन तथा अनुगमन गरेकाे हाे ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल वस्यालकाे  नेतृत्वमा भएकाे पदमार्गको अवलाेकन तथा अनुगमन कार्यक्रममा मन्त्री बस्यालले पदमार्गकाे स्तराेन्नति र साइट अफ भ्यू वृद्धि गर्नको लागि टान गण्डकीले गरेकाे कामकाे सह्राना गरे ।

ट्रेकिङ क्षेत्रमा लागेका व्यवसायीहरूले पदमार्गको संरक्षण गरी व्यवसायसँग जाेड्ने कुरामा टान गण्डकी अगाडी बढिरहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

पदयात्रामा जान लागेका पर्यटकहरूलाई यस ठाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालकाे राम्रो दृश्य देखिने भएकाले एक दिन भए पनि पर्यटकहरूको लेन्थ अफ स्टे बढाउनको लागि यो पदमार्ग एकदम महत्वपूर्ण भएको उनकाे भनाई छ ।


गण्डकी प्रदेश सरकारले पोखरा पर्यटकीय राजधानी घोषणा गर्दा पदयात्राका नयाँ मार्गहरू र यस्ता प्रोडक्टहरु संरक्षण गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा जाेड दिइएकाेले टानले त्यसलाई आत्मसात अध्यक्ष आचार्यकाे भनाई छ ।

अनुगमन तथा अवलोकन कार्यक्रममा पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्ड तथा पत्रकारहरुको सहभागिता रहेकाे थियाे ।

टान गण्डकीको पहलमा गण्डकी प्रदेशकाे उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा स्थानीय अनदुबासीको सक्रियतामा ‘भ्यू फेवा राउण्ड फेवा’ पदमार्ग निमार्ण भएको हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्