पोखरा । मर्दी हिमाल पदमार्गका प्रवद्र्धक र अभियन्ता स्व. सुदिप गौतमको शालिक अनावरण भएको छ । मर्दी पदमार्गको बादल डाँडामा पार्क सहितको सुदिप गौतमकको शालिक राखीएको हो । शालिकको गण्डकी प्रदेशका सांसद प्रकाश बराल र माछापुच्छे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले अनावरण गरे ।
माछापुच्छे गाउँपालिका, टान गण्डकी, मर्दी हिमाल पर्यटन होटल व्यवसाय व्यवस्थापन समिति, परिवार र नेपाल पर्यटन बोर्डले पार्क र शालिक निमार्ण गरेको हो । शालिकको अनावरण गर्दै सांसद बरालले मर्दी हिमाल पदमार्गका विकासका लागि सुदिप गौतमको योगदान धेरै रहेको6 बताए ।
बरालले मर्दी पदमार्गमा 6सुदिपले पदमार्ग र आफु मात्रै नभई अरुलाई पनि चिनाएको बताए । उनले आफु कति बाच्यो भन्दा पनि बाचुन्जेल देशका लागि के ग¥यो भन्ने कुरा ठुलो भएको बताए । उनले कर्म असल गर्नु पर्ने र त्यसले जुगौं जुग सम्म चिनाइ रहने बताए ।
माछापुच्छे गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले मर्दी पदमार्गलाई अहिलेको अवस्था सम्म ल्याउन गौतमको ठुलो भुमिका रहेको बताए । उनको मृत्युले गाउँपालिका र देशलाई नै ठुलो क्षती पुगेको बताए । उनले गाउँ पालिकाले पर्यटन विज्ञका रुपमा राख्ने तयारी गरेपनि उनको ३५ वर्षकै उमेरमा निधन भएकोले ठुलो क्षति पुगेको बताए ।
कार्यक्रममा सुदिपकी श्रीमती कविता गौतम, सुदिपका पिता रेशमलाल गौतमले परिवारका सदस्य गुमाउनु पर्दाको पिडा व्यक्त गरे ।
२०७९ असोज १४ गते पानी लगाउने जानेक्रममा भिरबाट लडेर सुदिप गौतमको निधन भएको थियो । मर्दी हिमाल पदमार्गको प्रवद्र्धन र विकास गर्न उनले अगुवाई गरे । धमाधम पर्यटक पदयात्रामा आउँदा गाउँबासीलाई फाइदा पुग्यो । तीन दशक अघि क्याम्पिङ ट्रेकका रूपमा विदेशी फाट्टफुट्ट आउने मर्दी अहिले ठुलो मात्रामा स्वदेशी तथा विदेशी पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।
सन् १९५६ मा स्वीस नागरिक बेसेल यस क्षेत्रको पदयात्रा गर्दा मर्दीको फोटो खिचेर विश्वभर यहाँको प्रचार गराएछन् । त्यसैले सन् १९८० देखि यहाँ क्याम्पिङ ट्रेक सुरू हुन थाल्यो । अहिले यो क्षेत्रका फरेस्ट क्याम्प, लो क्याम्प, हाई क्याम्प र भ्यू प्वाइन्ट बस्नका लागि ठाँउ छन् । सुदिपको सपना मर्दीलाई विश्वभर चिनाउने र धेरै भन्दा धेरै पर्यटक भित्रयाउने थियो । उनी मरेर गएपनि उनको इच्छा साकार हुदै आएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए ।
मर्दी कै लागि बाचुन्जेल काम गरेका सुदिपको नाम स्मरणमा पार्क र शालिक बनाउदा उनि प्रतिको सञ्चा श्रद्धाञ्जली भएको माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताइन् । उनले मर्दी हिमाल पदमार्गको इतिहासमा उनको नाम सधै सम्झने गरी लेखिएको बताइन् ।
मर्दी हिमाल जान धम्पुस देउराली हुँदै, कालिमाटी हुँदै र सिदिङ हुदै जान सकिन्छ । फरेष्ट क्याम्प, लो क्याम्प बादल डाँडा र हाइक्याम्प पुग्न सकिन्छ । मर्दी हिमालको हाई क्याम्प र ४२ सय मिटर उचाइ भ्यू प्वाइन्ट सम्म पुग्दा अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, अन्नपूर्ण साउथ लगायतका विभिन्न हिमालहरू फरक फरक दृश्यमा देख्न सकिन्छ ।